नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले धनगढीमा पल्सर एन१२५ को सार्वजनिक गर्ने भएको छ।
नयाँ पल्सर एन१२५ को लन्च संगीतमय साँझमार्फत गरिने भएको हो।
जेठ १२ गते साँझ ६:३० बजेदेखि खुल्ला मञ्च, नैनदेवी रोड, धनगढीमा हुन गइरहेको यस कार्यक्रममा प्रवेश नि:शुल्क हुनेछ।
कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र चक्र बमको लाइभ प्रस्तुति रहनेछ।
कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५ हो, जसमा १२४.५८ सीसी एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ केडब्लु पावर र ११ एनएम टर्क उत्पादन गर्दछ। यो १२५ सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।
9
Shares

प्रतिक्रिया