नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ४८ कम्पनी सहभागी हुने भएका छन्।
नेपाल अटो मोबाइल्स इम्पोटर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन अफ नेपाल (नाइमा)ले आयोजना गर्ने एक्स्पोमा ३ घरानाबाहेकका अधिकांश ब्रान्डले उपस्थिति जनाउने भएका हुन्।
नाइमाका अनुसार २३ वटा चारपांग्रे सवारी र २० वटा दुईपांग्रेका सहभागी हुने निश्चित भएको छ। ठूला कम्पनी सिप्रदी, सीजी मोटर्स, सीजी मोटोकर्प, एमएडब्लु वृद्धिले बिक्री गर्ने ब्रान्ड सहभागी हुनेछैनन्।
साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुने एक्स्पोमा बीवाईडी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, हुन्डाई, काई, किया, लिप मोटर्स, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुवी, निसान, ओमडा र जेको, प्युज्योट, प्रोटन, रेनल्ट, टोयटा, फक्सवागन र जिकर सहभागी हुँदै छन्।
दुईपांग्रेमा एम्पेयर, एथर, बजाज, बेनली, सिएफ मोटो, ग्रोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयु, रिभोल्ट, रोयल इन्फिल्ड, सेगवे नाइनबोल्ट, सुजुकी, ट्राइम्प, टिभिएस, अल्ट्रा भाइलट, याडिया र जिहोले सहभागिता जनाउँदै छन्।
कमर्सियल भेहिकलमा चेरी वान्डा, डोङफोङ, फारिजोन, हुजाई, कामा, केरी, किङलङ र सनलगले सहभागी जनाउँदै छन्।
नाइमाको अध्यक्ष ऋतुसिंह वैद्यले ४४ वटा स्टलको योजना बनाएकोमा ४८ वटाले आवेदन दिएपछि स्टल थप गरिएको बताइन्।
Shares

प्रतिक्रिया