नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.ले झापा, बिर्तामोडमा आज साँझ पल्सर एन१२५ सार्वजनिक गर्ने भएको छ।
सागीतिक कार्यक्रम गरी उक्त मोटरसाइकल सार्वजनिक गर्न लागिएको हो।
साँझ ६:३० बजेदेखि खड्का कम्प्लेक्स, बिर्तामोडमा हुने यस कार्यक्रममा प्रवेश नि:शुल्क हुने कम्पनीको भनाइ छ। कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल, कमल खत्री, र वाइबा उर्गेन १६ को लाइभ प्रस्तुति रहनेछ।
कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५ हो, जसमा १२४.५८cc एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ केडब्लु पावर र ११ एनएम टर्क उत्पादन गर्दछ। यो १२५ सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजनयुक्त बाइक रहेको कम्पनीको दाबी छ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. का मार्केटिङ प्रमुख अमितराज चालिसेले एन१२५ लाई बिर्तामोडमा ल्याउन पाउँदा उत्साहित भएको बताए।
Shares

प्रतिक्रिया