कारोबार


नेपाल भित्रियो टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर, मूल्य कति?

नेपाल भित्रियो टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर, मूल्य कति?

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १८:२५, काठमाडौँ

नेपाली बजारमा टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर भित्रिएको छ।

टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्स प्रालिले पावरफुल साथै स्पोर्टी डिजाइन भएको ‘एस २’ स्कुटर सार्वजनिक गरेको हो।

टेल्जी नेपालले नक्साल स्थित शोरुममा एक कार्यक्रमका बीच एस २ स्कुटर सार्वजनिक गरेको हो। कम्पनीले ल्याएको स्पोर्टी स्कुटर एस २ को मूल्य २ लाख ६८ हजार रुपैयाँ तोकिएको छ।

टेल्जी नेपालको निर्देशक सञ्जीव शिल्पकारले युवा वर्गलाई लक्षित गर्दै स्पोर्टी डिजाइनको स्कुटर नेपाल ल्याएको बताए ।

उनले भने, ‘हामीले यसअघि ल्याएको लायन र टाइगर स्कुटर ग्राहक वर्गले अत्याधिक रुचाउनुभएको छ। हामीले युवावर्गलाई लक्षित गर्दै अझ स्पोर्टी डिजाइनको स्कुटर ल्याएका हौँ।’

नेपाली बजारमा उपलब्ध धेरै स्कुटरमा सस्पेन्सन राम्रो नभएको ग्राहकको गुनासो रहेको कम्पनीका निर्देशक राजेश राजकर्णिकारले बताए।

‘हामीले यो स्कुटरको सस्पेन्सनलाई मोटरसाइकलको जस्तै कम्फटेबल बनाउने कोशिस गरेको छौँ। यो स्कुटरको लुक्स र पर्फमेन्स पनि मोटरसाइकल जस्तै छ’, उनले भने।

कम्पनीले ल्याएको नयाँ स्कुटर एस २ को फ्रन्टमा एग्रेसिभ डिजाइन छ। फ्रन्टमा सानो साइजको भाइजर, एलईएडी डीआरएल र ट्वीन पड हेड ल्याम्प छ। एस २ स्कुटरमा कम्पनीले ३ किलोवाट रेटेड पावरको मोटर उपलब्ध छ।

यो स्कुटरको टप स्पिड ७५ किलोमिटर प्रतिघण्टाको छ भने यो स्कुटरको १६ डिग्री क्लाइम्ब क्षमता छ। यसमा कम्पनीले ७२ भोल्ट ३८ एम्पियर अवारको ग्राफिन ब्याट्री दिइएको छ। यो स्कुटरलाई एकपटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ। यसलाई ३ घण्टामा फुलचार्ज गर्न सकिन्छ।

 टेल्जी नेपालले अबको केही दिनमै नयाँ टाएगर स्कुटर ल्याउने घोषणा समेत गरको छ। योम मा ई मोटर्स प्रालिले हाल नेपालमा टेल्जीका तीन मोडलका स्कुटर बिक्री गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad