टोयोटाले आफ्नो तेस्रो इलेक्ट्रिक सवारीको रूपमा बीजेडथ्रीएक्स एसयूभी केही दिनअघि मात्रै चीनमा सार्वजनिक गरेको थियो।
कम्पनीका अनुसार उक्त नयाँ मोडल चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकास गरिएको हो।
यद्यपि टोयोटाको ब्रान्ड रहेको भए पनि बीजेड३एक्स विशेष गरी जीएसी आयन भीमा आधारित छ। यसमा उही साइज, मोटर, र ड्राइभट्रेन प्रयोग गरिए पनि ब्याट्री प्रविधि भने फरक छ।
फाइभ डोर र फाइभ सिटर रहेको यस ईभीको: लम्बाइ: ४,६०० मिमि, चौडाइ: १,८५० मिमि, उचाइ: १,६०० मिमि, ह्विलबेस: २,७६५ मिमि रहेको छ। टोयोटाले दाबी अनुसार बीजेड३एक्समा प्रयोग भएका ६५ प्रतिशत पार्ट्स जीएसी सप्लायर्सबाट आपूर्ति गरिएको हो।
चीनमै उत्पादन गरिएको यो गाडी टोयोटा र जीएसीको संयुक्त परियोजनामा बनेको हो। यस गाडीको बिक्रि सुरु भएलगत्तै एक घण्टामै १० हजारभन्दा बढी अर्डर प्राप्त भएको र त्यसकै कारण टोयोटाको सर्भर क्र्याससमेत भएको जानकारी दिइएको छ।
नेपालको सन्दर्भमा जीएसी आयन ब्रान्डको आधिकारिक वितरक सीजी मोटर्स रहेको छ। यसअन्तर्गत आयन वाई र आयन भीजस्ता विभिन्न इलेक्ट्रिक गाडीहरू उपलब्ध छन्। नेपालमा एसयूभी गाडीप्रतिको माग बढ्दो भएकाले सीजी मोटर्सले आयन भी दुई महिनाअघि नेपाली बजारमा सार्वजनिक गरेको थियो।
आयन भीको विशेषता: लम्बाइ: ४,६०५ मिमि, चौडाइ: १,८५४ मिमि, उचाइ: १,६६० मिमि, ग्राउण्ड क्लियरेन्स: १८५ मिमि, ह्वील साइज: १९ इन्चको मल्टि-स्पोक एल्युमिनियम ह्वील, गाडीको भित्री डिजाइन लक्जरी अनुभव दिने किसिमको छ।
अगाडिका सिटहरूमा लेदर सामग्री प्रयोग गरिएको छ, जसमा तातो र चिसो दुवै गर्न सकिने सुविधा छ। लक्जरी भेरियन्टमा स्मार्ट रेफ्रिजरेटर र फुड वार्मरको सुविधा समेत दिइएको छ। प्यानोरामिक ग्लास रूफले गाडीको केबिनलाई खुला र आनन्ददायी बनाउँछ। सुरक्षाका हिसाबले यसमा ७ वटा एयरब्याग उपलब्ध छन्। आयन भीको सुरुवाती मूल्य ६४.९९ लाख रुपैयाँ छ।
Shares

प्रतिक्रिया