कारोबार


पोखराको वाडा अटो शोमा सीजी मोटर्स, तीन ईभी मोडल सार्वजनिक

पोखराको वाडा अटो शोमा सीजी मोटर्स, तीन ईभी मोडल सार्वजनिक

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १७:२०, काठमाडौँ

पोखरामा जारी वाडा शोका दौडान सीजी मोटर्सले विभिन्न गाडीहरु सार्वजनिक गरेको छ। 

कम्पनीले तीनवटा मुख्य ईभी मोडलहरु फोरह्विल रिडारा, सीजी केवाईसी नयाँ भर्सन र आयन भी सार्वजनिक गरेको हो। 

आयन तथा एक्सपेंग ब्रान्डका लागि रेज मोटर्स पोखराको आधिकारिक च्यानल पार्टनर हो भने टीटी ग्लोबल्सले रिडारा, सीजी केवाईसी ईभी भ्यान र सीजी मोटर्सअन्तर्गतका अन्य ब्रान्डहरु पोखरामा प्रतिनिधित्व गरिरहेको छ। 

यस्ता छन् यी मोडल 
रिडारा ४डब्लुडी

रिडारा पहिलो शतप्रतिशत विद्युतीय पिकअप प्लेटफर्मको फोरह्विल संस्करण हो। यसले ७३ केडब्लुएच ब्याट्रीसहित ४२४ किमिको रेन्ज, ९५ प्रतिशत ग्रेडएबिलिटी र २२५ मिमि ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ। एलईडी टेललाइट, विशेष रिडारा फ्रन्ट ग्रिल, सात प्रिमियम बाह्य रंग र तीन आन्तरिक थिमहरूले यसको डिजाइनलाई शक्तिशाली र स्टाइलिस बनाउँछ।

यसमा विद्युतीय सनशेडसहितको प्यानोरामिक सनरूफ, अगाडि र पछाडिका भेन्टिलेटेड लेदर सिटहरू र चारै पांग्रामा स्वतन्त्र सस्पेन्सन छन्। सुरक्षाका लागि ६ एयरब्याग, ५४० डिग्री सराउन्ड क्यामेरा, अड्यास लेभल २ र १५ उन्नत ड्राइभिङ्ग फिचरहरू (एसीसी, एईबी, बीएसडी, एफडीए, आरसीडब्लु, एलकेए) उपलब्ध छन्। ३० प्रतिशत-८० प्रतिशत चार्ज कम्तीमा ३० मिनेटमा हुने र्‍यापिड चार्जिङ प्रणाली, र ६ किलोवाट पावर आउटलेट सहितको ट्रक बेडले यसलाई अझ व्यावहारिक बनाएको छ। रिडारा नेपालमा जीबी/टी चार्जिङ पोर्टसहित उपलब्ध छ।

केवाईसी नयाँ भर्सन
सीजी केवाईसी ईभी अहिले बेसिक र फुल भर्सनमा उपलब्ध छ, जसले बहुउद्देश्यीय प्रयोग र आरामलाई नयाँ उचाइमा पुर्‍याएको छ। ५० किलोवाट मोटर, २७५ किमि रेन्ज, ३८.६४ किलोवाट आवर ब्याट्री र ११ सिट क्षमतासहित, यो व्यावसायिक प्रयोजनका लागि अत्यन्त उपयुक्त ईभी भ्यान हो।

फुल भर्सनमा थप गरिएको विशेषताहरूमा ईपीएस, पावर विन्डोज, सेन्ट्रल लकिङ्ग, एमपी५ सिस्टमसहितको रियर भ्यू क्यामेरा, डुअल ए/सी, डुअल एयरब्याग, एलुमिनियम फ्लोरिङ्ग, मजबुत शक अब्सोर्बर, र चार्जिङ गन समावेश छन्। यो मोडेलले आफ्नो पहिचानलाई नेपालकै सबैभन्दा बढी बिक्री हुने ईभी भ्यानको रूपमा अझ बलियो बनाएको छ। सीजी केवाईसी पनि जीबी/टी चार्जिङ पोर्टसहित उपलब्ध छ, जुन सीजी मोटर्सअन्तर्गत नेपालको सबैभन्दा उच्च स्तरको चार्जिङ कम्प्याटिबिलिटी हो।

आयन भी
रेज मोटर्समार्फत पोखरामा बिक्री वितरण सुरु गरिएको आयन भीले प्रिमियम ईभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गरेको छ। यो गाडी एलिट (५२० किमि रेन्ज) र लक्जरी (६५० किमि रेन्ज) भर्सनमा उपलब्ध छ। लक्जरी संस्करणमा ८-प्वाइन्ट मसाज सिटहरू (ड्राइभर र अगाडि यात्रुका लागि) र इन-बिल्ट रेफ्रिजेरेटर जस्ता सेग्मेन्टमै पहिलो सुविधाहरू रहेका छन्।

यसमा एलिट भर्सनमा ६४.५ किलोवाट आवर ब्याट्री र लक्जरी भर्सनमा ७५.२६ किलोवाट आवर ब्याट्री रहेको छ। साथै, १७५ मिमि ग्राउन्ड क्लियरेन्सले यसलाई नेपाली सडकका लागि सशक्त बनाएको छ। आयन भीले विलासिता, आराम र प्रदर्शनलाई एकसाथ ल्याउँदै ईभी यात्रा पुनः परिभाषित गर्ने कम्पनीको दाबी छ।

सीजी मोटर्सले हालसम्म २६० बढी चार्जिङ स्टेसनहरु नेपालमा सञ्चालनमा ल्याएको छ। पोखरामा जारी वाडा अटो शो २०२५ मा रहेको सीजी पेभिलियनमा विशेषा अफरहरु, एक्सचेन्ज सुविधा र शोविशेष छुटहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad