कारोबार


जगदम्बाले पनि सुरु गर्‍यो विद्युतीय गाडीको बिक्री, मूल्य ५७ लाख

जगदम्बाले पनि सुरु गर्‍यो विद्युतीय गाडीको बिक्री, मूल्य ५७ लाख

मलेसियामा यो गाडीको भव्य लन्च गरिँदै (फाइल तस्बिर)


नेपालखबर
चैत १०, २०८१ आइतबार १२:८, काठमाडौँ

शंकर ग्रुपले पनि विद्युतीय गाडीको बिक्री सुरु गरेको छ। 

मलेसियन ब्रान्ड प्रोटोन बिक्री गरिरहेको ग्रुपले शुक्रबार विद्युतीय गाडी ‘ई मास ७’  सार्वजनिक गर्दै बिक्रीवितरण थालेको हो। 

मलेसियन कम्पनीले चिनियाँ कम्पनी जिली होल्डिङ्ससँगको सहकार्यमा विद्युतीय गाडी उत्पादन भइरहेको छ। 

नेपालमा आइस इन्जिनका प्रोटोन गाडी बिक्री ग्रुपअन्तगर्तको जगदम्बा मोटर्सले १६० किलोवाट मोटर पावर भएको गाडी ल्याएको छ। 

नेपालमा अधिकांश कम्पनीले किलोवाट घटाएर ल्याए पनि कम्पनीले मोटर पावर नघटाई बजारमा ल्याएको छ। 

नेपालमा ६ वटा कलरमा गाडी उपलब्ध छ। गाडीको सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ।

जगदम्बा मोटर्सले गाडी खरिद गर्नेलाई ४.९९ प्रतिशत ब्याजमै फाइनान्सिङ हुन्छ। सुरुमा ४० प्रतिशत रकम तिरेर गाडी किस्तामा खरिद गर्न सकिन्छ। 

४९.५२ र ६०.२२ किलोवाट आवरको २ वटा ब्याट्री अप्सनमा छन्। बेस मोडलमा ३४५ किमि रेन्जसहित १८ इन्च अलोय ह्विल, १५.४ इन्च टचस्क्रिन, रिमोट कन्ट्रोलसँगै लेभल २ एडास फिचर्स छन्। 

टप भेरियन्टमा ४१० किमि रेञ्ज, १९ इन्च अलोय ह्विल, फ्रन्ट भेन्टिलेटेड सिट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad