सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी वीरगन्जमा सार्वजनिक गरेको छ।
वीरगन्जस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी लन्च भएका हुन् ।
सो कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको साथ सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको प्रमुख आतिथ्य रहेको थियो।
सिजापतीले वीरगन्जमा टाटाका नयाँ गाडीहरु लन्च गर्न पाउँदा उत्साहित रहेको बताए।
उनका अनुसार अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नेछन्।
बिक्रीपछिको सेवाको लागि सिप्रदी तत्पर रहेको बताउँदै उनले टाटा मोटर्सको स्टाइलिस, प्रिमियम नयाँ गाडीहरु ढुक्क भएर लिन आग्रह गरे।
उनले भने, ‘सिप्रदीको सुरुवात देखि नै बिक्रिपछिको सेवालाई जोड दिदै आएको हो र आज ४४+ वर्षपछि पनि त्यसलाई निरन्तरता दिँदै गाडीको बिक्रीपछिको सेवाहरु - सर्भिस र चार्जिङ्ग नेटवर्कलाई प्राथमिकतामा छ।’
त्यस्तै प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले वीरगन्जमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए।
विशेषगरी भारतमा निकै रुचाइएको टाटा कर्भ ईभीको धेरै ग्राहकहरु प्रतीक्षा गरिरहेको र गाडी डेलिभरी गर्न पाउँदा उत्साहित भएको सापकोटाले बताए।
कार्यक्रममा बोल्दै प्रमुख अथिति जनार्दन सिंह क्षेत्रीले सिप्रदीको सर्भिस सुविधा देखेर अत्यन्त प्रभावित भएको उल्लेख गरे।
टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले कर्भ ईभीमा सिंगल चार्जमै लामो दूरीको यात्रा - काठमाडौँ, भारतको पटना, मुज्जफापुर सजिलै आवतजावत गर्न सकिने कुरामा जोड दिए।
योसँगै अब वीरगन्जको ग्राहकहरुले शोरुममा गएर लन्च भएको गाडीहरु कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारीको टेस्ट ड्राइभ गर्न सक्ने भएका छन्।
Shares

प्रतिक्रिया