जापानी अटो उत्पादक निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले राजीनामा दिएका छन्।
कम्पनीको वित्तीय नतिजा खराब आएपछि निसान मोटर कर्पोरेसनको सीईओबाट उनले राजीनामा दिएको एजेन्सीहरुले उल्लेख गरेका छन्।
योसँगै कम्पनीका प्रमुख योजना अधिकृतले उचिदाको स्थान लिने निसानले जनाएको छ। पद छोडे पनि उचिदा कम्पनीको साधारणसभा नहुन्जेल निर्देशक भने रहनेछन्।
उचिदाले यसअघि नै कम्पनीमा नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्ने बताएका थिए।
गत महिना होन्डा मोटर कम्पनीसँगको मर्जर वार्ता उनले अन्त्य गरेका थिए।
यो महिनाको अन्तिममा सकिने आर्थिक वर्षमा कम्पनीले ८० अर्ब येन घाटा हुने प्रक्षेपण गरेको छ।
72
Shares

प्रतिक्रिया