कारोबार


एक महिनामा बिक्री भयो हिरोका पौने ४ लाख दुईपांग्रे

एक महिनामा बिक्री भयो हिरोका पौने ४ लाख दुईपांग्रे

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८१ बुधबार १५:३, काठमाडौँ

हिरो मोटोकर्पले फेब्रुअरी महिनामा ३ लाख ८८ हजार ६८ युनिट दुईपांग्रे बिक्री गरेको छ। 

गत वर्षको यही अवधिको भन्दा यो कम हो। गत वर्ष फेब्रुअरीमा कम्पनीले ४ लाख ६८ हजार ४१० युनिट बिक्री गरेको थियो। 

यो बिक्रीमा ३ लाख ५२ हजार ३१२ युनिट मोटरसाइकल र ३५ हजार ७५६ युनिट स्कुटर छन्। गत वर्ष ४ लाख ३६ हजार ९२९ युनिट मोटरसाइकल र ३१ हजार ४८१ युनिट स्कुटर बिक्री भएको थियो। 

कम्पनीले भारतमा एकै महिना ३ लाख ५७ हजार २९६ युनिट बिक्री गरेको छ। गत वर्षको यही अवधिमा कम्पनीले भारतमा ४ लाख ४५ हजार २५७ युनिट बिक्री गरेको थियो। 

गत फेब्रुअरीमा कम्पनीले ३० हजार ७७२ युनिट निर्यात गरेको छ। जुन अघिल्लो वर्षभन्दा बढी हो। गत वर्ष फेब्रुअरीमा कम्पनीले २३ हजार १५३ युनिट निर्यात गरेको थियो। 

कम्पनीको स्प्लेन्डर सिरिज, एचएफ डिलक्स र एक्स्ट्रिम १२५आरजस्ता बाइक तथा डेस्टिनी र जुम स्कुटरको बिक्री राम्रो रहेको भारतीय मिडियाले जनाएको छ। 

कम्पनीको इलेक्ट्रिक साधन ब्रान्ड भिडाले ६ हजार २०० युनिट बिक्री गरेको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad