ad ad

कारोबार


दिपल एक्सचेन्ज कार्निभल काठमाडौंमा सुरु, ईभी प्रेमीको उत्साहजनक सहभागिता

दिपल एक्सचेन्ज कार्निभल काठमाडौंमा सुरु, ईभी प्रेमीको उत्साहजनक सहभागिता

नेपालखबर
असोज १, २०८१ मंगलबार ११:५७, काठमाडौँ

एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कानिर्भल सुरु भएको छ।

एमएडब्लु गु्रपका प्रबन्धनिर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्धनिर्देशक विवेक सिकारियाले संयुक्त रुपमा एक्सचेन्ज कानिर्भलको सुरुवात गरेका हुन्।

पहिलो दिनमा आफ्नो पुरानो गाडी साटेर दिपल ईभीमा अपग्रेड हुन चाहनेहरुको उल्लेख्य सहभागिता थियो।

दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा दिपल हट मोडेल दिपल एस०७ खरिद गर्न सक्नेछन्। साथै ग्राहकले आफ्नो पुरानो गाडीको मूल्यांकन नेपालकै टप ६ रिकन्डिसन हाउसबाट गराउन सक्नेछन् भने ग्राहकको सहजतालाई ध्यानमा राखेर एमएडब्लु वृद्धिले अतिरिक्त एक्सचेन्ज बोनस, अनस्पट फाइनान्स र अन स्पट डेलिभरी पनि पाउनेछन्।

कार्निभलको उद्घाटनमा एमएडब्लु ग्रुपका प्रबन्धनिर्देशक विष्णु अग्रवालले दिपलले आफ्नो डिजाइन, पर्फर्मेन्स र फिचरका कारण छोटो समयमै नेपाली प्रयोगकर्ताको मन जित्न सफल भएको बताए। 

‘दिपलका ग्राहक दिपलदेखि सन्तुष्ट हुनुहुन्छ। हामी उहाँहरुको खुसीलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैनौँ’, उनले भने। 

त्यसैगरी, एमएडब्लु अटोकर्पका विवेक सिकारियाले ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका इभीहरुको वनरसिपलाई सहज बनाउन यो विशेष कार्यक्रमको आयोजना गरेको बताए। 

कानिर्भलको पहिलो दिनमै ग्राहकले रुचिका साथ कार्निभलमा सहभागिता जनाएका थिए। यो कार्यक्रममार्फत नेपालमा चांगान र दिपलको पोजिसनलाई अझ बलियो बनाउने अपेक्षा एमएडब्लु वृद्धिले लिएको छ।

नेपालमा दिपल एस०७ र एल०७ गरी दुई मोडेल विक्री हुँदै आएको छ। यी ईभीहरु एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ। 

दिपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिंग मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरु छन् जुन अझै पनि सेग्मेन्टका अन्य मोडलहरुमा उपलब्ध छैन।

एक्सचेन्ज कार्निभल ३ असोज, बिहीबारसम्म सञ्चालनमा रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .