ad ad

कारोबार


लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १७:१०, काठमाडौँ

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यु इनर्जी भेहिकलहरुको लागि लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

लक्ष्मी न्यु इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा अवस्थित छ। सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ। केईको शो रुम नक्शाल भाट भटेनीमा सञ्चालनमा आइसकेको छ।

हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जा बाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको हो। 

सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्री चेक जाँच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्री बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्व स्तरीय उपकरण का माध्यमबाट परीक्षण र मर्मत हुनेछ। सेन्टरमा सबै प्राविधिक हरु इभी सर्टीफाइड दक्षता हासिल गरेका छ्न्।

सर्भिस सेन्टरमा ईभि चार्जिङ पोइन्ट, यथेष्ठ पार्किंग सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बे हरु जडान गरिएको छ।

ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै लक्ष्मी न्यु इनर्जी सर्भिसले आफ्ना ग्राहकवर्गहरु को सहजता र सहुलियतता को लागि सो स्टेसन सञ्चालनमा ल्याएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .