ad ad

कारोबार


अटो सोमा स्काईवेलको गाडीमा आकर्षण, मिडरेन्जमा नयाँ मोडल (भिडिओ)


नेपालखबर
भदौ १४ , काठमाडौँ

नाडा अटो सो २०२४ मा स्काईवेलका गाडीमा आकर्षण देखिएको छ।

२०२३ को नाडा अटो सोमा स्टल मात्रै राखेको जी मोटर्सले अहिले स्काईवेलका ३ वटा अप्सनको सोकेस गरेको हो।

प्रोडक्ट डिस्प्लेको हिसाबले स्काईवेलका लागि पहिलो नाडा अटो सो हो। स्काईवेल प्रिमियम लक्जरी गाडीको रुपमा प्रस्तुत गरिएको छ।

नेपालमै पहिलो लामो दूरी कुद्ने गाडी देखाइरहेको छ। स्काईवेलले आफ्नो बी११ मोडल सोकेस गरेको छ। कम्पनीको ५१ किलोवाट ब्याट्री रहेको गाडीले ४१० र ७१ किलोवाटको ब्याट्रीले ५२० रेन्ज दिन्छन्।

कम्पनीले ईटी ५ नेपालमा १ करोड ११ लाखमा बिक्री गर्दै आएको थियो। स्काईवेलका गाडी खरिद गर्न चाहनेलाई बीई ११ दुईवटा सेगमेन्टमा उपलब्ध छ। नाडासम्मको लागि ५१ किलोवाट ब्याट्री रहेको गाडीको मूल्य ७५ लाख ९० हजार रहेको छ भने ७१ किलोवाट आवरको ब्याट्री रहेको गाडीको मूल्य ८५ लाख ९० हजार रहेको छ।

कम्पनीले गाडीको मूल्यमा ३५ लाख रुपैयाँसम्म घटाएर ल्याए पनि मोटर भने सबैमा १५० किलोवाट नै छ। ईटी ५ मा फुल्ली फिचर्स रहेको छ भने मिड रेन्जका गाडीमा केही फिचर्स घटाइएको छ।

‘ग्राहकलाई उस्तै पावर फिल गराउने गरी नयाँ मोडल ल्याएका छौँ’, जी मोटर्सका प्रबन्धनिर्देशक कैलाश गेलालले भने, ‘नाडा अटो सोमा ४ लाख रुपैयाँसम्म छुट दिएर गाडी दिएका छौँ। नाडामै बुकिङ गर्ने ग्राहकले छुट पाउँछन्।’

डीसी फास्ट चार्जरबाट ३५ मिनेटमा ८० प्रतिशतसम्म छ। स्काईवेलले ११ किलोवाटसम्मको होम चार्जर सपोर्ट गर्छ। ५१ किलोवाटको ब्याट्रीलाई १० प्रतिशतबाट फुल चार्ज हुनको लागि करिब ४५ युनिट विद्युत् खपत गर्छ भने ७१ किलोवाटको गाडीले ६५ युनिट विद्युत् खपत गर्छ।

स्काईवेलको सोरुम भक्तपुरको राधेराधेमा छ। नक्सालमा असोजबाट नयाँ सोरुम सञ्चालन गर्दै छ। इटहरीको भाटभाटेनी छेऊमा सोरुम सञ्चालनमा आइसकेको छ। स्काईवेलले पोखरा, भैरहवा, धनगढी, चितवन, नेपालगन्जमा डिलर नियुक्तको प्रक्रियामा छ। नेपालका प्रमुख सहर र काठमाडौं उपत्यकाको बौद्ध, ललितपुरमा कम्पनीले आफ्नै आउटलेट स्थापना गर्ने योजनामा छ।

भिडिओ/तस्बिर: सरोज नेपाल

भदौ १४, २०८१ शुक्रबार ९:४८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .