नाडा अटो सोमा १९.९६ लाखदेखि १ करोड ६८ लाख रुपैयाँसम्मका गाडी सार्वजनिक भएका छन्।
भदौ १६ गतेसम्म चल्ने नाडा अटो सोमा एक दर्जन नयाँ ब्रान्डसहित थुप्रै नयाँ मोडल प्रदर्शनीमा राखिएको हो।
अटो सोमा पेट्रोल गाडीको तुलनामा विद्युतीय गाडीकै दबदबा छ। विद्युतीय गाडीमा पनि इन्ट्री लेभलका गाडी र मिड रेन्जका गाडीमा ग्राहकको आकर्षण बढी छ।
अटो सोमा पेट्रोल गाडीमा सीजी मोटोकर्पले सिफ्टको नयाँ मोडल र हुन्डाईले क्रेटाको नयाँ मोडल सोकेसमा राखेका छन्।
अटो व्यवसायीहरुले दसैँको रुपमा लिने अटो सोमा २० अर्ब बढीको कारोबार हुने अनुमान छ। अर्थतन्त्रमा आएको संकुचन कस्तो छ भन्ने नाडा अटो सोको बुकिङले इंगित गर्ने व्यवसायीले बताएका छन्।
यी हुन् नयाँ ब्रान्ड र मोडल

पन्च ईभी
अटो सोकै दौडान सिप्रदी ट्रेडिङले टाटा मोटर्सको पन्च ईभीसँगै यसको मूल्य पनि सार्वजनिक गरेको छ।
पन्च ईभीको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ छ। ३ भेरिएन्टमा पन्च ईभी नेपाली बजारमा प्रवेश गरेको हो।
यसअनुसार पन्च ईभी इम्पावर्ड प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ, पन्च ईभी इम्पावर्ड एलआरको ३६ लाख ९९ हजार र पन्च ईभी इम्पावर्ड प्लस एसएलआरको ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ। टाटाको पन्च ईभीले नेपाली सडकमा ३०० किम रेन्ज दिने ड्राइभ टेस्टबाट देखिएको छ।

जिकर एक्स
नेपालमा जिकर एक्स सार्वजनिक भएको छ। नाडा अटो सोमा सारडा ग्रुपअन्तर्गतको पायोनियर मोटोकर्पले २ वटा भेरियन्टमा गाडी सार्वजनिक गरेको हो। प्रिमियम ब्रान्डको रुपमा जिकरको स्ट्यान्डर्ड सेगमेन्टको मूल्य ८४ लाख ९९ हजार रहेको छ भने फ्लागसिप मोडलको मूल्य १ करोड ५४ लाख ९९ हजार रहेको छ।
स्ट्यान्डर्ड सेगमेन्ट रियर ह्विल ड्राइभमा रहेको छ। यसको २०० किलोवाटको मोटर छ भने ब्याट्री ६६ किलोवाट आवर रहेको छ। फ्लागसिप मोडल अलह्वील ड्राइभमा ६६ किलोवाट आवरकै ब्याट्री रहेको गाडीमा ३१५ किलोवाटको मोटर रहेको छ।

स्काई वेलको बीई ११
जी मोटर्सले स्काई वेलको बीई ११ मोडल सार्वजनिक गरेको छ। बीई ११ दुईवटा सेगमेन्टमा उपलब्ध छ।
नाडासम्मको लागि ५१ किलोवाट ब्याट्री रहेको गाडीको मूल्य ७५ लाख ९० हजार रहेको छ भने ७१ किलोवाट आवरको ब्याट्री रहेको गाडीको मूल्य ८५ लाख ९० हजार रहेको छ। इटी ५ मोडल बिक्री गर्दै आएकोमा नयाँ मोडल थप गरेको छ। कम्पनीले इटी ५ १ करोड ११ लाखमा बिक्री गर्दै आएको थियो।

लिप मोटरको सी १०
सांग्रिला मोटर्सले लिप मोटरमा सी १० सार्वजनिक गरेको छ। नाडा अटो सोमा सोकेस गरिएको गाडीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकेको छ। १६० किलोवाट आवरको मोटर रहेको गाडीले ३२० एनएम टर्क जेनेरेट गर्छ।
६९.९ किलोवाट आवर रहेको गाडीको रेन्ज डब्लूटीपी विद्युतीय रेन्ज, डिसी चार्जरबाट ३० मिनेटमा फुल हुन्छ। ५ सिटर गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ।

जेको ६
सारडा ग्रुप अन्तगर्तको एसपीजी अटो मोबाइल्सले जेको ६ सार्वजनिक गरेको छ। अफरोड विद्युतीय गाडीको रुपमा जेको ६ नाडा अटो सोबाट सार्वजनिक गरेको हो। ६९ लाख ९९ हजार मूल्य रहेको गाडीमा मोटर पावरमा २ वटा अप्सन रहेका छन्।
१३५ किलोवाट र ९९ किलोवाट आवरमा नेपालमा ल्याएको छ। गाडीमा ब्याट्री ६५.६९ किलोवाट आवर रहेको छ। एक पटकको चार्जमा ४०० किमिसम्म गुड्छ। गाडीको ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ भने फोरह्वी ड्राइभ र टु ह्वील ड्राइभमा उपलब्ध रहेको छ।

ओमोडा ई ५ डिलक्स
एसपीजी अटो मोबाइल्सकै ओमोडा ई ५ डिलक्स सार्वजनिक गरेको छ। ६१ लाख ९९ हजार मूल्य रहेको गाडी डिलक्समा ५४ लाख ९९ हजार रुपैयाँमै सार्वजनिक गरेको हो।
नाडा अवधिमा १ लाख रुपैयाँ छुट दिएको उल्लेख गरेको छ। गाडीमा ब्याट्री र मोटरपावरमा भने एउटै छ। ९९ किलोवाटको मोटर पावर र ६१ किलोवाटको ब्याट्री रहेको छ।

बीवाईडी अट्टो ३ को २०२४ मोडल
नेपालमा बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंकले अट्टो ३ को २०२४ को मोडल सार्वजनिक गरेको छ। बीवाईडी एट्टो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ।
एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ। त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ। दुवैमा १०० किलोवाटको मोटर रहेको छ।

केईका २ नयाँ मोडल
नेपालमा लक्ष्मी ग्रुपले भित्र्याएको केईका २ वटा नयाँ मोडल सार्वजनिक भएका छन्। ई क्युट २ र ई क्युट ४ सार्वजनिक गरेको छ। २०० किमि रेन्ज दिने ईक्युट २ को मूल्य १९ लाख ९६ हजार रहेको छ भने ३०० किमि रेन्ज रहेको मूल्य २२ लाख ९६ हजार छ।
त्यस्तै ३०० किमि रेन्ज दिने ईक्युट ०४ को २४ लाख ९६ हजार छ। यसअघि नै नेपाली बजारमा आएको एक्स ३ प्रोको डिलक्स भेरियन्ट ४६ लाख ९६ हजार र फ्ल्याग सिप मोडलको ४८ लाख ९६ हजार रहेको छ।

प्रिमियम लुक्ससहित अवतार ११
सीजी मोटर्सले अवतार ११ सार्वजनिक गरेको छ। प्रिमियम लुक्ससहित गाडीको मूल्य १ करोड ४५ लाख रुपैयाँ छ। एक पटकको चार्जमा ५५५ किमि कुद्दे गाडीमा ९०.३८ किलोवाट आवर ब्याट्री छ।

एक्सपेङ जे६
सीजी मोटर्सकै एक्सपेङ जे६ नाडामै सार्वजनिक भयो। यसको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ रहेको छ।
गाडीमा मोटर पावर १९० किलोवाट पावर छ भने ४४० एनएम टर्क जेनेरेट गर्छ। ६६ किलोवाट आवरको ब्याट्री रहेको गाडीले ४३५ किमि रेन्ज दिने दाबी गरेको छ।

विद्युतीय पिकअप रिडरा
सीजी मोटर्सले विद्युतीय पिकअप गाडीको रिडरा सार्वजनिक गरेको छ। रिडराको मूल्य नाडा अटो सो सम्मकोलागि ६३ लाख रुपैयाँ राखेको छ। कम्पनीले नाडा अटो सोमा २ लाख रुपैयाँ घटाएको छ।

नेटा एक्स
सीजी मोटर्सको अर्को ब्रान्ड आयनले नयाँ मोडल प्रदर्शनीमा राखेको छ। कम्पनीले ७५ लाख रुपैयाँ छ।
सीजी मोटर्सले बिक्री गर्दै आएको नेटा एक्सको सुरुवाती मूल्य ५३ लाख ९९ हजार भने अधिकतम ६२ लाख ९९ हजार रुपैयाँ छ।

साइबरस्टर
प्यारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको एमजीले स्पोर्टस कारको रुपमा साइबर एस्टर ल्याएको छ।
नाडा अटो सोमा सार्वजनिक गरिएको गाडीको मूल्य १ करोड ६८ लाख रुपैयाँ छ।
नाडामा थप कम्पनीका गाडीहरू





सबै तस्बिर : विशाल कार्की र सरोज नेपाल
यो पनि -
नाडा अटो सोमा १९ ब्रान्डका दुईपांग्रे, कुन कम्पनीका कस्ता? (तस्बिरहरू)
Shares

प्रतिक्रिया