ad ad

कारोबार


४४० किमि रेन्ज दिने जिकर चाँडै नेपालमा सार्वजनिक गर्दै पायोनियर मोटोकर्प

४४० किमि रेन्ज दिने जिकर चाँडै नेपालमा सार्वजनिक गर्दै पायोनियर मोटोकर्प

नेपालखबर
साउन १६, २०८१ बुधबार १३:५०, काठमाडौँ

पायोनियर मोटोकर्प प्रालिले नेपाली बजारमा ग्लोबल प्रिमियम ईभी ब्रान्ड जिकरको जिकर एक्स मोडल सार्वजनिक गर्ने भएको छ। जिकर ब्रान्ड नेपाली बजारमा जिकर एक्स मोडलसहित प्रवेश गर्नलागेको हो।

यसमा डुअल-मोटर अल-ह्विल ड्राइभ र सिङ्गल-मोटर रियर-ह्विल ड्राइभ गरी दुई भेरियन्ट छन्।

जिकर एक्स एक प्रिमियम कम्प्याक्ट एसयूभी हो जुन आधुनिक जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको पायोनियर मोटोकर्पले जनाएको छ। 

कम्पनीका अनुसार जिकर एक्सले एक पृथक डिजाइन-शैली, अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज र पर्फमेन्ससहित नेपाली ग्राहकहरूमाझ छुट्टै पहिचान स्थापना गर्नेछ। जिकर एक्सले सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्दछ।

सोही कारण नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि जिकर एक्स एक उत्तम एसयूभी साबित हुने कम्पनीको दाबी छ।

जिकर एक्सको दुवै भेरियन्टमा ६६ किलोवाटआवरको ब्याट्री छ। यसले सिङ्गल-मोटर, रियर-ह्विल-ड्राइभ, लङ्ग रेन्ज मोडलमा ४४० कि.मि. को डब्लुएलटीपी रेन्ज प्रदान गर्दछ। 

१५० किलोवाटको डीसी चार्जरसहित गाडीमा रहेको २२ किलोवाटको एसी चार्जरले गाडीलाई शून्यबाट १०० प्रतिशत चार्जसम्म जम्मा ४ घण्टाभित्र पूरा गर्ने कम्पनीको दाबी छ।

पायोनियर मोटोकर्पका निर्देशक सन्दीप कुमार शारडाले प्रिमियम ईभी ब्रान्ड जिकरले समसामयिक आधुनिक प्रविधिमा ग्राहक-केन्द्रित गाडी डिजाइन तथा उत्पादन गरिरहेको बताए। 

जिकर एक्सको आधुनिक र ‘एरोडाइनामिक’ डिजाइनले यसलाई अरू एसयुभिभन्दा अझै सरल, सुन्दर र सुविधासम्पन्न गाडीको रूपमा स्थापित गर्ने उनको भनाइ छ। 

गाडीको एक्सटेरियर भागमा ‘स्मुथ लाइन तथा स्कल्पटेड प्रोफाइल’ को डिजाइन प्रयोग, ‘प्यानोरामिक सनरुफ’, र इन्ट्रिगेटेड डबल-एज्ड एलइडि डिआरएलको आकर्षण पाउन सकिन्छ। साथै, जिकरको ‘इन्टेलिजेन्ट बि-पिलर’ नामक विशेष सुविधाले कारभित्र प्रवेश गर्नुअगावै गाडीको बारेमा महत्वपूर्ण जानकारीहरू ‘डोर ह्यान्डल’ (गाडीको ढोका) मा देखाउँछ।

गाडीको इन्टेरियरमा, ‘यामाहा अडियो सिस्टम’, ‘भेन्टिलेटेड फ्रन्ट सिट’ जस्ता आधुनिक र उपयोगी सुविधाहरू समावेश गरिनुका साथै सबै भाग आधुनिक र विशेष डिजाइनमा सुसज्जित रहेको छ । यसमा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राईभीङ अनुभवका लागि ‘इन्टर्याक्टिभ ककपिट’ को पनि सुविधा रहेको छ जसमा १४.६ इन्चको टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको इन्स्ट्रुमेन्ट प्यानल समावेश रहेको छ ।

सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चरमा निर्मित जिकरले स्ट्रक्चरल सेफ्टि (संरचनात्मक सुरक्षा) सुनिश्चित गर्दछ र ‘एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’मा सुरक्षित ड्राईभीङ अनुभव प्रदान गर्दछ । यसअन्तर्गत ७ वटा एयरब्याग, इन्टर्नल एन्टि-कोलिजन बिम, र परिष्कृत सुरक्षा प्रणालीले गाडीमा सवार सबैलाई उच्चस्तरीय सुरक्षा प्रदान गर्दछ।

आधिकारिक लन्च र बजार उपलब्धताको बारेमा कम्पनीले केही समयमा जानकारी गराउने बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .