ad ad

कारोबार


टेस्लाको प्रतिस्पर्धी कम्पनीमा फक्सवागनले ५ अर्ब डलर लगानी गर्ने

टेस्लाको प्रतिस्पर्धी कम्पनीमा फक्सवागनले ५ अर्ब डलर लगानी गर्ने

रिभियनमा फक्सवागनले ५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। । तस्बिर : रोयटर्स


नेपालखबर
असार १२, २०८१ बुधबार १२:५२, काठमाडौँ

जर्मन कार निर्माता फक्सवागनले टेस्लाको प्रतिस्पर्धी कम्पनी रिभियनमा ५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। 

रिभियन र फक्सवागनले संयुक्त उपक्रम (जेभी) खोल्ने भएका हुन्। यसअनुसार दुई कम्पनीले परस्परमा प्रविधि हस्तान्तरण गर्नेछन्।

फक्सवागनको लगानीसँगै रिभियनको सेयर झण्डै ५० प्रतिशतले बढेको बीबीसीले जनाएको छ। 

विद्युतीय गाडी निर्माता र पश्चिमा देशबीच चिनियाँ आयातमा शुल्कको प्रतिस्पर्धा बढिरहँदा यस्तो सम्झौता भएको हो। 

सम्झौताअनुसार सुरुमा फक्सवागनले १ अर्ब डलर लगानी गर्नेछ। विद्युतीय ट्रकमा हुने उक्त लगानीपछि २०२६ सम्ममा कम्पनीले अर्को ४ अर्ब डलर थप्नेछ। 

रिभियन सन् २००९ मा स्थापना भएको कम्पनी हो। हालसम्म कम्पनीले त्रैमासिक नाफा देखेको छैन। २०२४ को पहिलो ३ महिनामा कम्पनी झण्डै डेढ अर्ब डलर घाटा व्यहोरेको थियो। फक्सवागनजस्ता अन्य कम्पनीहरु टेस्ला र बीवाईडीसँगको प्रतिस्पर्धामा दबाब महशुस गरिरहेका छन्। 

यो साझेदारीले रिभियनको सफ्टवेयर आफ्ना गाडीमा प्रयोग गर्न फक्सवागनलाई बाटो समेत खुल्नेछ। 

यो पनि- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .