ad ad

कारोबार


अल्फा अटोमोटिभको तीन दिने निःशुल्क रोयल इन्फिल्ड सर्भिस क्याम्प

अल्फा अटोमोटिभको तीन दिने निःशुल्क रोयल इन्फिल्ड सर्भिस क्याम्प

नेपालखबर
मंसिर २५, २०७९ आइतबार १८:१, काठमाडौँ

अल्फा अटोमोटिभले यही मंसिर २७, २८ र २९ गते रोयल इन्फिल्डका मोटरसाइकलको निःशुल्क सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ। 

कम्पनीले ग्राहकको सुविधालाई हेरेर उक्त दिन बिहान ७ देखि बेलुकी ७ बजेसम्म क्याम्प आयोजना गरेको हो। 

उक्त क्याम्प अल्फाको काठमाडौंबाहिरका आधिकारिक डिलरहरुको सर्भिस सेन्टरहरुमा सञ्चालन हुनेछ। यसअनुसार पोखरा, इटहरी, धरान, बुटवल, जनकपुर, सर्खेत, दाङ, महेनद्रनगर र नारायणगढमा सञ्चालन हुनेछ। 

क्याम्पमा १ हजारभन्दा धेरै ग्राहकलाई प्रत्यक्ष सेवा दिइने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। 

क्याम्पमा निःशुल्क मर्मत ज्याला तथा सक्कली मोटरसाइकल पार्ट्स र मोबिलमा १० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .