अग्नि समूहको सहायक कम्पनी अग्नि मोटोइन्क प्रालिले चितवनमा एक कार्यक्रममा गर्दै ‘नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक गरेको छ।
नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कम तौल र सुन्दर डिजाइनका साथ आएको कम्पनीले जनाएको छ।
१२५ केभीए ४ सिलिन्डर डिजेल जेनसेट नेपालभर रहेका आफ्ना सबै डिलर नेटवर्कबाट उपलब्ध गराइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
हाल महिन्द्रा पावोरलले नेपालमा ५ केभीए देखि ६२५ केभीए सम्मका डिजेल जेनेरेटर बिक्री गरिरहेको छ।
यो नयाँ जेनसेट लन्च गरेसँगै यसले उपभोक्ताहरूका लागि उत्कृष्ट इन्धन दक्षता, कम लागत र उत्कृष्ट प्रदर्शन दिने कम्पनीको दाबी छ।
असोज ९, २०७९, आइतबार
15
Shares
प्रतिक्रिया