कारोबार


चिप अभावका बाबजुद होन्डाले कमायो साढे ५ अर्ब डलर

चिप अभावका बाबजुद होन्डाले कमायो साढे ५ अर्ब डलर

नेपालखबर
जेठ २, २०७९ सोमबार १३:३९, काठमाडौँ

जापानी अटो निर्माता होन्डाको खुद नाफा ७.६ प्रतिशतले बढेको छ। 

मार्चसम्मको आर्थिक वर्षमा कम्पनीको मोटरसाइकल बिक्री बलियो र जापानी येन कमजोर हुँदा नाफा बढेको एएफपीले जनाएको छ। 

कम्पनीले यो वर्ष पनि नाफा बलियो रहने आशा गरेको छ। विश्वभर माइक्रोचिप अभावसँगै कोरोनाले खलबल्याएको आपूर्ति शृंखलाका बाबजुद आर्थिक अवस्था बलियो रहने कम्पनीको अनुमान छ।

होन्डाको सन् २०२१÷०२२ को वार्षिक खुद नाफा ७.६ प्रतिशतले बढेर ७ खर्ब ७ अर्ब येन अर्थात् साढे ५ अर्ब अमेरिकी डलर रहेको छ। मार्च २०२३ सम्म कम्पनीले सात अर्ब १० अर्ब येन नाफा कमाउने कम्पनीको प्रक्षेपण छ। 

गत वर्ष कम्पनीको बिक्री साढे १० प्रतिशतले बढेको थियो। खासगरी मोटरसाइकल व्यवसायबाट बिक्री आम्दानी बढ्दा त्यसले धेरै योगदान गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad