अन्तर्राष्ट्रिय हवाइ उड्डयन संगठन (आईकाओ) ले नेपालको हवाइ उड्डयन क्षेत्रको सेफ्टी अडिट गरेको छ।
यही १३ देखि २५ अप्रिलसम्म नेपालमा १० जनाको टोली खटाएर यससम्बन्धी आठ क्षेत्रमा नेपालले उडान सुरक्षाको नियामक निकायको हैसियतमा पालना गरे/गराएका कार्यहरु र तिनको विस्तृत प्रगति सम्बन्धमा जाँच गरेको हो।
सो क्रममा नेपालको प्रभावकारी कार्यान्वयन दर राम्रो रहेको आईकाओले जनाएको छ।
आईकाओले गरेको यूएसओएपी अडिट कार्यक्रममा हाल नेपालको आठ क्षेत्रको कुल परिपालना दर ६६.७६ प्रतिशत रहेकोमा सन् २०२२ को अडिटको प्रारम्भिक नतिजाअनुसा कुल परिपालनाको दर ७०.१ प्रतिशत कायम भएको छ।
आईकाओले यससम्बन्धी कानुन, संगठन, व्यक्तिगत लाइसेन्सिङ, उडान सञ्चालन, एयरवर्दिनेस, एयर नेभिगेसन सर्भिस, एरोड्रोम र ग्राउन्ड एड्स र दुर्घटना अनुसन्धानको ८ क्षेत्रको सम्परीक्षण गरेको थियो।
योसँगै वैशाख १५ देखि तराईका सबै विमानस्थल १८ घण्टा चल्ने भएका छन्।
हाल अत्याधुनिक ट्राफिक बढेकाले पूर्व–पश्चिमका विमानस्थल राति १२ बजेसम्म चल्ने भएका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नागरिकका गुनासो सम्बोधन गर्न राति १२ बजेसम्म सञ्चालन गर्न आवश्यक रहेको बताए।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले नेपाली आकाश सुरक्षित रहेको बताए।
Shares

प्रतिक्रिया