फक्सवागनका सवारीसाधनको आधिकारिक आयातकर्ता पूजा इन्टरनेशनल नेपाल प्रालिले नेपाली नयाँ वर्षको उपलक्ष्यमा अफर ल्याएको छ।
कम्पनीले ‘हाइ अन परफरमेन्स, इजी अन पकेट’ अफर ल्याएको हो। यो अफर अप्रिल ३० सम्म मान्य हुने कम्पनीले जनाएको छ।
यो स्किमअनुसार ग्राहकले नयाँ टाइगन कार मासिक २२ हजार ९९९ रुपैयाँ किस्तामा पाउनेछन्। त्यसैगरी पोलो १४ हजार ९९९ रुपैयाँ किस्ता तिरेर खरिद गर्न सक्नेछन्।
कम्पनीले ल्याएको यो ईएमआई अफरअनुसार ग्राहकले सहज फाइनान्स सुविधा पाउनेछन्। कम्पनीले आफ्ना उत्पादनमा २ वर्षसम्मको वारेन्टी प्रदान गरेको छ।
यो स्किमसँगै फक्सवागन नेपालले तत्काल पुराना कारको मूल्यांकन गरी सजिलै नयाँ कार किन्ने सुविधा दिएको छ। यसअनुसार १ वर्षका लागि सडक कर निःशुल्क, जुनसुकै फक्सवागन खरिदमा ४ वर्ष निःशुल्क सर्भिसिङ र आवश्यकताअनुसार निःशुल्क एसेसरिजको व्यवस्था गरेको कम्पनीले जनाएको छ।
यसमा कम्पनीका नियम र शर्त लागू हुने कम्पनीले जनाएको छ।

Shares

प्रतिक्रिया