कारोबार


दशैंमा तरकारीको मूल्य ह्वात्तै बढ्यो

दशैंमा तरकारीको मूल्य  ह्वात्तै बढ्यो

नेपालखबर
असोज १९, २०७६ आइतबार ११:६,

दशैंमा तरकारीको मूल्य पनि ह्वात्तै बढेको उपभोक्ताहरुले गुनासो गरेका छन्।

अष्टमीको दिन काठमाडौंँको कालिमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य पनि ह्वात्तै बढेको प्रतिक्रिया दिएका हुन। दशैंमा आवागमन ठप्प भएपछि व्यापारीहरुले काठमाडौंमा तरकारीको मूल्य ह्वात्तै बढाएको पाइएको छ। दशैंमा आवागमनको काम ठप्प भएपछि तरकारीको मूल्य ह्वात्तै बढन गएको पनि उपभोक्ताहरुको भनाई छ।

कालीमाटी तरकारी होलसेल बजारमा लसुनको प्रतिकेजी १२० रुपैयाँ मूल्य रहेको छ। बाहिर अन्य पसलहरुमा लसुनको मूल्य व्यापारीहरुले प्रतिकेजी १६० सम्म पु¥याएका छन्। त्यसैगरी अदुवाको मूल्य पनि प्रतिकेजी २४० रुपैयाँ पु¥याइएको छ। कालीमाटी खोलसेल बजारमा खोर्सानी प्रतिकेजी ३८० रुपैयाँमा विक्री गरिएको छ भने यसलाई बजारमा ४०० रुपैयाँसम्ममा विक्री गरिएको छ। विशेष गरी दसैंमा सवारी साधान नचलेपछि तरकारीको आपूर्तिमा पनि कमी आएको छ।

फलफूलसहित दसैंका लागि उपभोक्तालाई अतिआवश्यक पर्ने बस्तुहरुको मूल्य ह्वात्तै बढाइएको हो। बस्तुको मूल्य ह्वात्तै बढ्दा यस वर्षको दसैंमा मारमा पार्नु परेको आम उपभोक्ताको गुनासो छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad