कारोबार


‘वरिष्ठ’लाई स्वतः अध्यक्ष नबनाउन महासंघका उपाध्यक्षहरुको दबाब

‘वरिष्ठ’लाई स्वतः अध्यक्ष नबनाउन महासंघका उपाध्यक्षहरुको दबाब

नेपालखबर
असोज १५, २०७६ बुधबार १३:८,

नेपाल उद्योग वाणिज्य महासंघका तीनजना उपाध्यक्षहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था हटाउन जोड दिएका छन्।

महासंघका उपाध्यक्षहरु चन्द्र ढकाल, किशोर प्रधान र उमेशलाल श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरी विधान संशोधन गरेर उक्त व्यवस्था हटाउनुपर्ने बताएका हुन्।

काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको पत्रकार सम्मेलनमा महासंघको अध्यक्ष चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुनुपर्ने व्यवस्थाका लागि विधान संशोधन गर्न माग गरे। सो सम्बन्धी संशोधन प्रस्ताव केन्द्रीय सदस्यहरुमाझ राखिएको समेत उपाध्यक्षत्रयले जानकारी दिएका छन्।

अहिले महासंघमा शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष छन्। गोल्छालाई स्वतः अध्यक्ष हुनबाट रोक्नका लागि यो संशोधनमा लबिङ भएको हो।

पत्रकार सम्मेलनमा उपाध्यक्ष किशोर प्रधानले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउन नहुने लगायत ३५ वटा प्रस्ताव राखिएको जानकारी दिए। उनले विभिन्न ठाउँबाट आएका सुझावका आधारमा ति प्रस्ताव राखिएको जिकिर पनि गरे।

यस्तै, अर्का उपाध्यक्ष चन्द्र ढकालले पनि महासंघका जिल्ला/नगर समितिहरुबाट आएका सुझावकै आधारमा विधान संशोधन गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .