एन आई सी एशिया बैंक लिमिटेड र पाटन उच्च अदालतबीच पाटनस्थित उच्च अदालत परिसरमा बैंकको विस्तारित काउण्टर सञ्चालन गर्ने सम्बन्धीे सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र उच्च अदालत पाटनको तर्फबाट अदालतका रजिष्ट्रार बाबुराम दाहालले हस्ताक्षर गरे।
उच्च अदालत परिसरमा विस्तारित काउण्टर सञ्चालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ।
3
Shares
प्रतिक्रिया