सिटी एक्सप्रेस मनी ट्रान्सफर र इसेवा बीच रेमिट्यान्स कारोबार सुरु भएको छ। एक कार्यक्रमका बीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्धनिर्देशक चन्द्र टण्डन र इसेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले सो सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार इसेवा प्रयोगकर्ताले आफ्नो इसेवामा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपालभर रहेको सात हजारभन्दा बढी एजेन्टहरुमा पठाउन सक्नेछन्। यसका साथै इसेवाका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन्। यसका साथै सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो इसेवा खातामा रकम जम्मा गर्ने सुविधा पनि थप गरिएको छ।
नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तर्राष्ट्रिय एजेन्टहरुबाट पनि सिधै इसेवा खातामा रकम जम्मा गर्ने सुविधा सुरु हुनेछ। ईसेवाबाट ग्राहकले मोबाइल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरुमा शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५५ वटा बैंक, ६० हजार एजेन्ट र २० लाखभन्दा बढी ग्राहक रहेका छन्।
सिटी एक्सप्रेसले विगत १३ वर्षदेखि विश्वभर आफ्नो रेमिट एजेन्टहरुबाट सात हजारभन्दा बढी नेपालको एजेन्टहरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया