कारोबार


सरकारले संविधान दिवसको अवसरमा उद्योगी व्यवसायीलाई सम्मान गर्ने

सरकारले संविधान दिवसको अवसरमा उद्योगी व्यवसायीलाई सम्मान गर्ने

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ६:४,

सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा कार्यरत उद्योगी व्यवसायीलाई सम्मान गर्ने घोषणा गरेको छ। राज्यलाई योगदान पुर्याएबापत सरकारले उद्योगी व्यवसायीलाई विभिन्न पदकबाट सम्मान गर्ने निर्णय गरेको हो।

संविधान दिवसको अवसरमा सरकारले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई सुकीर्तिमय राष्ट्रदीप, आईएमई ग्रुपका अध्यक्ष तथा महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उद्योगी अशोककुमार अग्रवाललाई कीर्तिमय राष्ट्रदीपबाट सम्मान गर्ने भएको हो।

यसैगरी बैंकर तथा एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई प्रबल जनसेवा श्रीबाट सम्मानित गरिने भएको छ। सेञ्चुरी बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्का, एभरेष्ट बैंकका नायव प्रबन्धक रामराजा उप्रेतीलाई पनि सरकारले सम्मान गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .