समाज


नेकपा नेता एवं पूर्वसांसद हरि बैरागीको निधन

 नेकपा नेता एवं पूर्वसांसद हरि बैरागीको निधन

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ६:१५,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्व सांसद हरि बैरागीको निधन भएको छ।

गत भदौ २७ गते हृदयाघात लभएपछि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस भल्कुरल सेन्टरमा उपचारका लागि भर्ना गरिएको थियो।

दाहालको शुक्रबार बिहान ६२ वर्षको उमेरमा निधन भएको हो।

कोटेश्वरको भाटभाटेनी डिर्पामेन्टल स्टोर अघि हृदयाघात भएर दाहाल बेहोस भएका थिए। त्यसपछि दाहाललाई सिभिल अस्पताल हुँदै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

नेकपाका केन्द्रीय सदस्य तथा संखुवासभाका सांसद् राजेन्द्र गौतमले पूर्वसांसद गौतमको हृदयघातका कारण निधन भएको बताए।

दाहाल ०५१ सालको आमनिर्वाचनमा संखुवासभा क्षेत्र नम्बर १ बाट सांसद् निर्वाचित भएका थिए।

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान १० देखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ।

उनका श्रीमती दुइ छोरा र एक छाृेरी छन्। उनको आजै अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .