कारोबार


युगान्डाको आभोकाडो काठमाडौंमा लोकप्रिय

युगान्डाको आभोकाडो काठमाडौंमा लोकप्रिय

दीपक भट्ट
असार २, २०७६ सोमबार १३:५५,

अफ्रिकी मुलुक युगान्डामा फलेको आभोकाडो काठमाडौंबासीले रुचाएका छन्। अत्यधिक पोषणयुक्त यो फलको खपत राजधानीमा बढ्दै जाँदा आयात बृद्धि भएको छ।

एयरकार्गोबाट भित्रिने युगान्डाको आभोकाडो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा हप्ताको तीन पटक आइरहेको छ।

भन्सार अधिकारीहरुका अनुसार युगान्डाबाट आयात हुने यो फलको आयात एक वर्षमा ५ गुणाले वृद्धि भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष नेपालमा १६ हजार ३ सय केजी आभोकाडो आयत भएको थियो। त्यो सबै युगान्डाबाट आएको हो।

चालू आर्थिक वर्ष २०७५/७६ को वैशाख महिनासम्म ९१ हजार २ सय ३१ केजी आभोकाडो आयात भएको छ। यो वर्ष भारतबाट समेत केही आयात भएको भन्सार अधिकारी बताउँछन्।

भारतबाट ३ हजार ५ सय ३१ केजी आयात भएको हो।

भन्सार विभागका निर्देशक शिशिर घिमिरेका अनुसार चालू आर्थिक वर्षमा युगाण्डाबाट आयत भएको आभोकाडो २ करोड १ लाख १७ हजार रुपैयाँ बराबरको हो। यसबाट सरकारले २० लाख १५ हजार राजश्व संकलन गरेको छ। 

विभागका निर्देशक घिमिरेका अनुसार आयतको प्रवृत्ति हेर्दा यो तथ्यांक अझ बढ्ने देखिन्छ। ‘बैशाखसम्मको मात्रै तथ्याङ्क हेर्दा आभोकाडो आयातमा ५ गुणा वृद्धि देखिएको हो। यसपछि २ महिनाको पनि जोड्दा यो अझ बढ्ने निश्चित छ’, उनी भन्छन्।

नेपालमा थोरै उत्पादन हुने तर माग धेरै भएकाले यो फलको आयात बढेको हो। ‘हेल्थ कन्सस’ समाज र सहरी भान्सा आधुनिक बन्दै जाँदा २० छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइने आभोकाडोका पारखी नेपालमा बढ्दै गएका छन्।

युगान्डाबाट आयात भएको आभोकाडो खुद्रा बजारमा प्रतिकेजी प्रतिकेजी ५ सय रूपैयाँसम्ममा बिक्री भइरहेको छ। कोलेस्ट्रोलरहित र फाइबरयुक्त यो फल उच्चरक्तचापलाई समेत कम गराउन मद्दत गर्ने विश्वास गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .