कारोबार


ओपो रेनो टेनएक्स जुम ईडिशनका ५ आकर्षक फिचर्स

ओपो रेनो टेनएक्स जुम ईडिशनका ५ आकर्षक फिचर्स

नेपालखबर
असार २, २०७६ सोमबार १३:४५,

ओपोले भर्खरै नेपालमा रेनो रेञ्जका स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ। नयाँ रेनो टेनएक्स जुम ईडिशनले स्मार्टफोनको जुम क्षमतालाई नयाँ उचाई प्रदान गरेको छ।

टेनएक्स हाइब्रिड अप्टिकल जुम
टेनएक्स हाइब्रिड अप्टिकल जुम सेन्सर, रेनो स्मार्टफोनको एक उत्कष्ट फिचर हो। एमडब्ल्यूसीमा यो प्रविधि प्रदर्शित गरे देखि नै यसको ब्यवसायिक उत्पादनका लागि निकै प्रतिक्षा गरिएको छ। स्मार्टफोनमा उपलब्ध यो प्रविधि, अप्टिकल जुम मध्य अहिले सम्मकै सर्वाधिक क्षमता सहितको जुम हो। सेन्सरको पेरिस्कोप स्टाइलमा गरिएको डिजाइनले गर्दा यो सम्भव भएको हो। नयाँ फोनमा १६० एमएम फोकल लेन्थको १३ एमपी, एफर३.० क्षमता सहितको टेलिफोटो सेन्सर जडान गरिएको छ। ब्लर फ्रि फोटो तथा भिडियो खिच्न सघाउनका लागि फोनको सेन्सरमा हाईब्रिड ओआईएसपनि समाहित गरिएको छ।

स्न्यापड्रागन ८५५ एसओसी
ओपो रेनो टेनएक्स जुमको अर्को सटिक पाटो भनेको यसमा समाहित स्न्यापड्रागन ८५५ चिपसेट हो। ८ जीबी -याम र २५६ जीबी रोम सहित क्वालकमको यो नयाँ चिपसेट शक्तिशाली हुनुका साथै कार्यसम्पादनका सवालमा पनि निकै छरितो छ। अत्याधुनिक गेम्सका साथै आवश्यक एआई फिचर्स सञ्चालनका लािग स्न्यापड्रागन ८५५ले पर्याप्त शक्ति प्रदान गर्छ। भविष्यमा सार्वजनिक हुने फोनका लागि यो चिपसेटले फाइभजी सपोर्टपनि दिने छ ।

स्न्यापड्रागन ८५५ एसओसीका साथै फोनमा ३.५एमएम हेडफोन सकेट, एनएफसी, डुअल फ्रिक्वेन्सी जीपीएस लगायत अन्य हेर्डवेयर फिचर्सपनि फोनमा उपलब्ध छन्। फोनमा गेम बुस्ट २.० सुविधाका साथै यसले डल्बी एट्मसपनि सपोर्ट गर्छ। त्यसैगरी, यसमा पछिल्लो संस्करणका तुलनमा २३ प्रतिशतले तिब्र मानिएको भोक ३.० प्रविधि ४,०६५ एमएएच ब्याट्रीका साथमा उपलब्ध गरिएको छ।

शार्क फिन पप्–अप क्यामेरा
पछिल्तिर टेनएक्स अप्टिकल जुम पेरिस्कोप क्यामेराका साथै, ओपो रेनोमा नयाँ पप्–अप क्यामेरापनि उपलब्ध छ। पप्डअप हुँदा शार्कको फिन जस्तो देखिने भएको हुँदा यसलाई कम्पनीले पप्–अप मेकानिजम नाम दिएको छ। यो मोड्यलुले १६ एमपी सेल्फी क्यामेरा र एउटा सफ्ट फ्ल्याशलाई आफु भित्र लुकाउँछ। यो मेकानिजमको पछिल्तिर रियर क्यामेराका लागि फ्ल्याशको ब्यवस्थापनि गरिएको छ। ओपोका अनुसार फोनको यो मोटोराइज्ड भाग ५ बर्षभन्दा लामो समयसम्म मज्जाले टिक्छ। साथै, अचानक फोन खसेर हुन सक्ने सम्भावित क्षति न्यूनिकरणका लागि यसमा स्वचालितरुपमा स्वतः बन्द हुने फल डिटेक्सन फिचरपनि उपलब्ध छ।

ट्रिपल रियर क्यामेरा
सार्वजनिकको तयारीमा रहेको यस फोनमा ट्रिपल रियर क्यामेरा सेटअपको ब्यवस्थापनि गरिएको छ।

यसमा उत्कृष्ट तस्विरका लागि आईओएस सहितको एफर१.७ सहितको प्राइमरी ४८ मेगापिक्सेल सोनी आईएमएक्स सेन्सर जडान गरिएको छ। यसले फोरके भिडियो ६० फ्रेम्स प्रति सेकेण्डमा खिच्ने क्षमता राख्छ। त्यसैगरी, यसमा १ सय २० डिग्रि एफर२.२ सुपर वाइड एंगल सेन्सर सहितको ८ एमपी सेन्सर जडान गरिएको छ। यी दूबै क्यामेरामा लेजर अटोफोकसको ब्यवस्थापनि गरिएको छ।

९३.१ स्क्रिन टू बडी रेसियो सहितको ६.६५ ईञ्च डिस्प्ले

फोनको अघिल्लो भागको चर्चा गर्दा यसमा करिव करिव बेजल लेस, ठूलो डिस्प्लेको प्रयोग गरिएको छ। ओपो रेनो टेनएक्स जुम ईडिशनमा गोरिल्ला ग्लास ६ प्रोटेक्सन सहितको ६.६५ ईञ्चको फुल एचडी+ एमोलेड डिस्प्ले उपलब्ध छ। तल्तिर पातला बेजल्स भएको यस उपकरणमा ९३.१ प्रतिशत स्क्रिन टू बडी रेसियो उपलब्ध गराउँछ। साथै फोन अनलकिङका लागि यसमा ईन–डिस्प्ले अप्टिकल फिंगरप्रिन्ट स्क्यानर उपलब्ध गरिएको छ। यो फोन नेपाली बजारमा यही जुन महिनाको अन्त्य सम्म सार्वजनिक हुने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .