कारोबार


सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स कम्पनीबीच सम्झौता

सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स कम्पनीबीच सम्झौता

नेपालखबर
असार २, २०७६ सोमबार १३:३५,

सिद्धार्थ बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कमपनी नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ।

सो सम्झौतापत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र जनरल इन्स्योरेन्स कमपनी नेपाल लिमिटेडका तर्फबाट महाप्रबन्धक एस.के तमोटले हस्ताक्षर गरे।
कार्यक्रममा सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनालले आगामी दिनहरुमा, जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडमा बीमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक निर्जीवन बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्गसेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad