कारोबार


माछापुच्छ्रे बैंकको १९औँ वार्षिकोत्सवमा १९ थरि छुट अफर

माछापुच्छ्रे बैंकको १९औँ वार्षिकोत्सवमा १९ थरि छुट अफर

नेपालखबर
असोज १, २०७६ बुधबार ७:२३,

माछापुच्छ्रे बैंकले १९औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुलाई लक्षित गरी विभिन्न १९ प्रकारका छुट योजनाहरु ल्याएको छ। बैंकले बैंकिङ्ग कारोबार सुरु गरेकोे १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेशको उपलक्ष्यमा असोज महिनाभर सम्पूर्ण शाखाहरुमार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको हो।

बैंकले ग्राहकहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गर्नेछ भने डिम्याट खाता तथा मेरो सेयर खाता निःशुल्क रुपमा खोलिदिनेछ। त्यस्तै माछापुच्छ्रे महोत्सवअन्तर्गत देशभरका भाटभटेनी सुपरमार्केटहरुमा माछापुच्छ्रे बैंक लि.को डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामानहरु खरिद गर्दा १० प्रतिशतसम्मको क्यासब्याक अफर सुविधा प्रदान गर्नेछ। योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जनाभन्दा बढीको समूहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ।

बैंकले प्रदान गर्ने विभिन्न सुविधाहरुको भरपुर फाईदा उठाउन इच्छुक महानुभावहरुले आफ्नो नजिकको शाखामा गई माछापुच्छ्रे महोत्सवमा सहभागी हुन सक्ने बैंकले जनाएको छ। बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुच्छ«्रे महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको छ।

स्थापनाको २० वर्षमा आईपुग्दा बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १३७ वटा शाखाहरु, १२८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २६५ स्थानबाट सेवा प्रदान गर्दै आएको छ। देशभर बैंकको १ सय ६० वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad