कारोबार


विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ

विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १०:३२,

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्री भट्टराईले देश भित्र सञ्चालनमा रहेका सबै बिमानस्थलमा यसैगरि सेवा थपिँदै जाने बताए। काठमाडौँ लगायत देश भित्रका विमानस्थलहरुमा पर्यटन वर्ष २०२० लक्षित कार्यक्रम पनि लागु हुने बताए। सरकार नागरिकलाई सेवा सुबिधा दिन सधै तयार रहेको बताउँदै मन्त्री भट्टराईले आन्तरिक तर्फको विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने बताए।

आजबाट सुरु भएको लगेज बेल्टले सेवाग्राहिको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ। यस अघि यात्रु ओसार्ने गाडीको पछाडी झुन्ड्याएको कन्टेनरमा समान ल्याउने गरिन्थ्यो र बायुसेवाका कर्मचारीले टिकटसँगै सामानमा लगाएको ट्यागको नं सोधेर सामान जिम्मा लगाउँथे। अब यो सबै झन्झट हटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .