कारोबार


यति एयरलाइन्स र तारा एयरले सगरमाथाबाट फोहोर उठाउने

यति एयरलाइन्स र तारा एयरले सगरमाथाबाट फोहोर उठाउने

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ८:२७,

निजी क्षेत्रका हवाइ कम्पनीहरु यति र तारा एयरले सगरमाथा क्षेत्रबाट फोहोर उठाउने भएका छन्। दुई कम्पनीले यो महिना ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहोर ‘एयरलिफ्ट’ गरेर काठमाडौं ल्याउने भएका हुन्। पर्वतारोहण र पदयात्रा जस्ता गतिविधिबाट उत्पन्न भएको नकुहिने फोहोरको ‘एअरलिफ्टिङ’को सुरुवात गत वर्ष १७ मार्चबाट भएको थियो।

दीगो विकास लक्ष्यअन्तर्गत जैविक विविधता संरक्षण– (एसडीजी१५) र जलवायु परिवर्तन (एसडीजी१३) सँग सम्बन्धित प्रतिबद्धतास्वरुप यति एयरलाइन्सले गत वर्ष २०१८ मा सगरमाथा क्षेत्रबाट एक सय टन पुनः प्रयोग गर्न मिल्ने फोहोर संकलन गरेर ‘रिसाइक्लिङ’को लागि ल्याउने महत्वकांक्षी लक्ष्य लिएको थियो।

सगरमाथा सफाइ अभियानका साझेदार संस्थाहरु सगरमाथा प्रदुषण नियन्त्रण समिति, हिमालय क्लब लुक्ला र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रबाट नकुहिने फोहोर संकलन गर्नेछन्। यसरी संकलन भएको फोहोर तारा एयरमार्फत लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट ‘एयरलिफ्ट’ गरी काठमाडौं ल्याइनेछ।

यसरी ल्याइएको फोहोर ‘ब्लु वेस्ट टु भ्यालु’ले त्रिभुवन विमानस्थलबाट संकलन गरी पुनःप्रयोगका लागि प्रशोधन गर्नेछ। संकलन गरिएका फोहोरमा बियरका बोत्तल, फुड क्यान, पर्वतारोहण र ट्रेकिङमा प्रयोग गरी फालिएका उपकरण लगायत हुन्छन्। यी वस्तुहरुलाई ‘रिसाइकल’ गरी धातुका भाडाकँुडा र निर्माण सामग्रीमा परिणत गरिन्छ।

सगरमाथा प्रदुषण नियन्त्रण समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय क्लब लुक्ला, ‘रिसाइक्लिङ’ गर्ने संस्था ‘ब्लु वेस्ट टु भ्यालु’ र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा यती एअरलाइन्सले हालसम्म ४५ टन पुनः प्रयोग गर्न मिल्ने (रिसाइक्लेबल) फोहोर संकलन गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .