कारोबार


एनआईसी एसिया बैंककोे एटीएम पुनः सुचारु

एनआईसी एसिया बैंककोे एटीएम पुनः सुचारु

नेपालखबर
भदौ १६, २०७६ सोमबार ७:२२,

एनआईसी एसिया बैंकको एटीएम सेवा पुनः सुचारु भएको छ। बैंकले विज्ञप्ति जारी गर्दै प्राविधिक कारणवश केही समयको लागि अवरुद्ध भएकोमा हाल उक्त एटीएम सेवा सुचारु भइसकेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘एटीएम सेवा सुचारु भइसकेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’ सेवा सञ्चालनमा आएसँगै बैंकको एटीएम कार्ड वाहकहरुले पस मेसिन र एटीएममा प्रयोग गरी कारोबार गर्न सक्ने बैंकले जनाएको छ। बैंकको नियन्त्रणभन्दा बाहिरको परिस्थितिको कारणवश केही समयको लागि एटीएम र पस मेसिन स्थगन गर्नुपरेकोमा बैंकले क्षमा मागेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताए।

शनिबार राति नेपालका भिसाकार्ड सिस्टम नै ह्याक भएको थियो। उक्त घटनामा संलग्न ६ जना चिनियाँ ह्याकरलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। दरबारमार्गको नबिल बैंकको एटीएमबाट नक्कली कार्ड प्रयोग गरी चिनियाँ ह्याकरले १ करोड ६८ लाख निकालेका थिए। त्यसमध्ये पक्राउ परेका ह्याकरबाट प्रहरीले १ कराेड २६  लाख रूपैयाँ बरामद गरिसकेकाे छ। 

यद्यपि के कति ह्याक भयो र कुन कुन बैंकको पैसा ह्याकरले निकाले भन्नेबारे राष्ट्र बैंकले समेत औपचारिक रुपमा जानकारी दिइसकेको छैन। शनिबार रातिको घटनापछि नेपालका सबै बैंकको एटीएम सिष्टम रद्द गरिएको थियो। आइतबार अधिकांशको खुले पनि एनआईसी एसियाको एटीएम खुलेको थिएन। सोही अवरुद्ध सेवा पुनः सुचारु भएको बैंकले जनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad