कारोबार


त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल पनि अन्तर्राष्ट्रिय मापदण्डको हुने

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल पनि अन्तर्राष्ट्रिय मापदण्डको हुने

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार ११:५६,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल पनि अब अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइने भएको छ। विमानस्थलको आन्तरिक टर्मिनलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा नियन्त्रण र ब्यागेज स्क्रिनिङको लागि सुरक्षा उपकरणहरु जडान गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

नेपालको हवाइ सेवालाई सुरक्षित बनाउन यसको निर्माणकार्य धमाधम भइरहेको कार्यालयले जनाएको छ। यसले आन्तरिक उडानको हवाइ यात्रालाई अझै सुरक्षित बनाउने र आईकाओको मापदण्डअनुसार चेक इन काउन्टरमा सामान (ब्यागेज) छोडेपछि त्यसको स्क्रिनिङ गरी सुरक्षा ट्याग लगाउने बताइएको छ। सबै यात्रुहरुलाई समेत आधुनिक उपकरणबाट स्क्यान गरिने भएको छ।

tu 11

अब हाते झोलाहरु स्क्यान गरेर मात्र स्टेराइल हलमा पठाउने विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। यस्तै यात्रुहरुको ब्यागहरुको वितरणको लागि अन्तर्राष्ट्रिय टर्मिलन जस्तै कन्वेयर बेल्ट जडानको कार्य भइरहेको छ भने यो छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ।

tu 13

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .