कारोबार


द्रुत मार्गः तीन ठाउँमा गरी ६‍.१८ किलाेमिटर सुरङमार्ग

द्रुत मार्गः तीन ठाउँमा गरी ६‍.१८ किलाेमिटर सुरङमार्ग

नेपालखबर
भदौ ११, २०७६ बुधबार १०:३१,

नेपाली सेनाले बनाउन लागेकाे काठमाडौं तराई द्रुत मार्ग फास्ट ट्रयाकमा ३ वटा सुरुङ्ग मार्ग बन्ने भएको छ।

सेनाले बुधबार आयाेजना गरेकाे पत्रकार सम्मेलनमा पहिलेकाे प्रस्तावित सुरुङमार्ग परिवर्तन गरी महादेव डाँडामा ३ दशमलब ३५ किलोमिटर र छोक्रेमा १ दशमलब ६३ किलोमिटर र लेनडाँडामा १ दशमलब ४ किलोमिटर सुरुङ्ग मार्ग बन्ने जानकारी दिएकाे हाे।

यसअघि एसियाली विकास बैकले यस अघि छोक्रे डाँडा, ठिंगन र लेन डाँडामा १ दशमल ३७ किलोमिटरको सुरुङ्गमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनःरेखांकन गरेर तीन स्थानमा सुरुङ्ग मार्ग बनाउन लागेको जनाइएकाे छ।

साे सडक ३ वर्ष ६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य छ।

विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ। मुल्य अभिवृद्धि कर सहित कुल लागत १ खर्ब ७५ अर्ब रहेको छ। 

द्रुत मार्ग खोकनाबाट सुरु भई नीजगढसम्म ७२ दशमलब ५ किलोमिटर को ४ लेनको बाटो निर्माण हुने भएको छ। यो यसअघिको डीपीआरको भन्दा ३ दशमलब ७० किलोमिटर सडक लम्बाई कमि हो। पहाडी भुभागमा २५ मिटर र समथरमा २७ मिटर चौडाको बाटो निर्माण हुने भएको छ। यस मार्गमा बन्ने ८७ पुल मध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाईने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .