कारोबार


पर्यटन कार्यालय प्रदेशमा विकेन्द्रित

पर्यटन कार्यालय प्रदेशमा विकेन्द्रित

नेपालखबर
भदौ १०, २०७६ मंगलबार १२:२०,

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले गर्दै आएको कामलाई विकेन्द्रित गरेको छ।

मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच पर्यटन विभागले काठमाडौं बाहिर रहने ७ कार्यालयहरुलाई काम गर्ने अख्तियारी सहित अधिकार प्रत्यायोजन गरेको हो।

पर्यटन विभागले आयोजना गरेको सो सम्बन्धी कार्यक्रममा पर्यटन मन्त्री योगेश भट्टराईसहित ६ प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सहभागी थिए। प्रदेश १ बाट मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा ७ कार्यालयहरुलाई अधिकार प्रत्यायोजनको हस्ताक्षर गरिएको छ।

पर्यटन विभागले आफूले गर्दै आएको काम झापाको काकड़भिट्टा, सोलुखुम्बुको नाम्चे, धनुषाको जनकपुर, पर्षाको बीरगंज, रुपन्देहीको भैरहवा, कास्कीको पोखरा र बाँकेको कोहलपुरमा रहेको पर्यटन कार्यालयहरुले गर्ने गरी अधिकार प्रत्यायोजन गरेको छ।

७ वटा कार्यालयहरुले, ट्राभल एजेन्सी तथा ट्रेकिंग एजेन्सी र -याफ्टिग एजेन्सीको इजाजत दिने तथा नविकरण गर्ने, पर्यटक यातायात सेवा ब्यबसायको लागि इजाजत दिने नविकरण गर्ने, पर्यटक स्तरिय होटल तथा होमस्टेको इजाजत दिने तथा नविकरण गर्ने र टुर गाइड, ट्रेकिंग गाइड, ट्रेकिंग पोर्टर, रिभर गाइड, लागतको इजाजत र नविकरणको काम गर्नेछन। प्रदेश सरकार मातहत रहेर काम गर्ने यी कार्यालयहरुले आगामी असोज १ बाट काम थाल्नेछन्।

नव गठित कार्यालयहरुले पर्यटक स्तरीय ३६१ होटल,९२ वटा होमस्टे, ३२६२व टा ट्राभल एजेन्सी, २४१७ वटा ट्रेकिंग एजेन्सी, ८५ वटा -याफ्टिग एजेन्सी, २१४ रिभर गाइड, ट्रेकिंग पोर्टर गाइड १७२, पर्यटन यातायात सेवा ७९, ट्रेकिंग गाइड १२९८१ र टुरिष्ट गाइड २७०१ गरी २२३६४ सेवाको अभिलेख व्यवस्थापन, नविकरण तथा सहजीकरण गर्नुपर्नेछ यसका साथै स्थानीय स्तरमा कार्यालय खुलेपछि पर्यटन सेवाको लागि नयाँ खोलिने कार्यालयहरुको ब्यबस्थापन समेत यीनै कार्यालयहरुले गर्नेछन्।

केन्द्रमा रहेको पर्यटन विभागले अन्तरप्रदेश कार्यालय र मन्त्रालय बीच समन्वय गराउने काम गर्ने छ। सरकारले संघियताको मर्म अनुसार प्रदेश स्तरमा खुलेका कार्यालयहरुले भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि सहयोग गर्ने सरकारले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .