कारोबार


रातो बङ्गला फाउण्डेसन र शिक्षा मन्त्रालयसँग एनसेलको सहकार्य

रातो बङ्गला फाउण्डेसन र शिक्षा मन्त्रालयसँग एनसेलको सहकार्य

नेपालखबर
भदौ १०, २०७६ मंगलबार ६:२८,

एनसेल प्राइभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९ को आयोजनागर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ। यस सहकार्यअन्तर्गत आयोजना गरिएको तीनदिने सम्मेलन सोमबार समापन भएको छ।

उक्त तीनदिने सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारीहरु, शिक्षकशिक्षिकाहरुलगायत नेपाली तथा विदेशी शोधकर्ताहरुको सहभागिता रहेको थियो। गरेर सिक्ने र प्रारम्भिक बाल्यकाल विकास विधिमा केन्द्रित हुँदै सम्मेलनका दौरान ७५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने ६० वटा कार्यशालाहरु सञ्चालन भएका थिए। सम्मेलनमा ३ सय जना सरकारी विद्यालयका शिक्षक शिक्षिकासहित सातै प्रदेशका ५५ जिल्लाबाट ७ सय जनाभन्दा बढीको सहभागिता रहेको थियो। त्यसैगरी, प्रशिक्षकका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञहरुको उपस्थिति रहेको थियो।

ICQE Aug 2019 8

शिक्षा क्षेत्रको विकासका लागि सहभागिहरुलाई ज्ञान र विषेशज्ञता प्रदान गर्दै सशक्तिकरणमा योगदान पुर्याउनु एनसेललको यस सहकार्यको उद्देश्य रहेको छ। दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनले शिक्षा क्षेत्रसँग सम्बन्धित सीप प्रशिक्षण र प्रारम्भिक शिक्षाको विकासजस्ता क्षेत्रहरुको सुधारमा पनि महत्वपूर्ण भुमिका खेल्नेछ।

सम्मेलन शनिबार सुरु भएको थियो। ‘२०३० सम्ममा सबैलाई सुरक्षित र गुणस्तरीय शिक्षामा समान पहुँच पुर्याउने सरकारको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी)अन्तर्गतको लक्ष्य बालबालिकालाई प्रारम्भिक चरणदेखि नै कक्षामा गुणस्तरीय शिक्षा प्रदान गरेर मात्रै हासिल गर्न सकिन्छ। ‘गरेर सिक्ने विधिमा जोड दिँदै आयोजना गरिएको यो सम्मेलन हाम्रा बालबालिकाहरुको लागि अति महत्वपूर्ण छ’, उद्घाटन सत्रमा प्रमुख अतिथीका रुपमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरीराज मणि पोखरेलले भने ।

सोमबार आयोजना भएको समापन समारोहमा प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तिको उपस्थिती रहेको थियो । सरकारी विद्यालयहरुमा सुधारका लागि नीतिगत तहमा छलफल भइरहेको उनले बताइन् । उनले सम्मेलनमा सहभागि शिक्षक शिक्षिकाहरुलाई आफुले सम्मेलनमा बटुलेका ज्ञान बालबालिकाका विकासका लागि कक्षा कोठा लगेर बाड्न सुझाइन् ।

ICQE Aug 2019 1015

‘एसएसडीपीको लक्ष्यप्राप्तिका लागि सरकारको रणनीतिक योजनामा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौँ’, एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने, “आवश्यक समयसापेक्ष तालिमबाट वञ्चित सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरुलाई प्लेटफर्म प्रदान गर्दै उहाँहरुलाई अझ सशतm बनाउन सहयोग पुप्याउनमा एनसेलको यो सहकार्य केन्दि«त रहेको छ । यस अन्तर्राष्ट्रिय सम्मलेनमार्फत स्थानीय तहका शिक्षक शिक्षिकासम्म पुगी उनीहरुलाई सीप सिकाइका अवसरहरु प्रदान गर्नु हाम्रो उद्देश्य हो।’

‘अन्तर्राष्ट्रिय सिकाइ पद्धति, हाम्रा स्थानीय कक्षा कोठाहरुसम्म पुर्याउनु र यसका लागि शिक्षकशिक्षिकाहरुलाई आवश्यक तालिम दिनु यस अन्तर्राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य रहेको थियो’, रातो बङ्गला फाउण्डेसनका अध्यक्ष डा. शान्ता दीक्षितले भनिन्। यस अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन पश्चात सातै प्रदेशमा यसै आर्थिक वर्षभित्र बालविकासका लागि गुणस्तरीय शिक्षामा केन्द्रित भई कार्यशालाहरु आयोजना हुनेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .