ad ad

कारोबार


१ तोला सुनको मूल्य ७२ हजार ५ सय पुग्यो

१ तोला सुनको मूल्य ७२ हजार ५ सय पुग्यो

नेपालखबर
भदौ ८, २०७६ आइतबार ७:२९,

बजारमा सुन महंगिने क्रम बढिरहँदा आज १ तोला सुनको मूल्य ७२ हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन १ तोलाकै ७२ हजार ५ सय रुपैयाँ पुगेको हो।

त्यस्तै तेजाब सुन ७२ हजार २ सय र प्रतितोला चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ।

संघका अनुसार शुक्रबार छापावाल सुन ७१ हजार ३ सय रुपैयाँमा र तेजाबी सुन ७१ हजारमा कारोबार भएको थियो। त्यस्तै चाँदी ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

विगत केही दिनयता सुनको भाउ बढिरहेको छ। यसलाई विश्वमा विकसित घटनाक्रमसँग जोडेर हेर्ने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .