ad ad

कारोबार


सेलपे सेवा अब वालेट मार्फत पनि चलाउन सकिने

सेलपे सेवा अब वालेट मार्फत पनि चलाउन सकिने

नेपालखबर
असार १७, २०७८ बिहिबार १२:४९,

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. ले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अब वालेट मार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारको क्रममा ग्राहकहरुका लागि दोश्रो चरणको योजना सुरु गरेको छ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले वालेट लोड गर्दा १० प्रतिशत क्यासब्याक (रु५०) सम्म र मोबाइल टपअपमा ४ प्रतिशत क्यासब्याक तुरुन्तै पाउन सकिनेछ। यो योजना यही असार १७ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागू हुने छ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो। सेलपेका अन्य विशेषताहरुमा बास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित तथा बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिनेलगायत छन्।

सेलपेद्वारा विभिन्न दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, इनस्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेन्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव चार लाख मर्चेन्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी२पी पी२बी, बी२पी, बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ। साथै ग्राहकहरुले सेलपे कार्ट सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नेछन्।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन्। साथै ग्राहकहरुले सेलपेबाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .