ad ad

कारोबार


माछापुच्छ्रे बैंकको नयाँ शाखा सिरहा जिल्लामा, शाखा सञ्जाल १६१ पुग्यो

माछापुच्छ्रे बैंकको नयाँ शाखा सिरहा जिल्लामा, शाखा सञ्जाल १६१ पुग्यो

नेपालखबर
असार १६, २०७८ बुधबार १५:२१,

माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको उद्घाटन गरी आजबाट सञ्चालनमा ल्याएको छ।

सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याइएको उक्त शाखा कार्यालयको माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोे एवम् सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा खोलिएको नयाँ शाखासँगै सिरहा जिल्लामा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा रहेको छ।

माछापुच्छ्र्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ३२६ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ।

साथै, बैंकको देशभर २०० वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .