ad ad

कारोबार


असार मसान्तसम्म डिम्याट खाता नवीकरण नगरे ‘फ्रिज’

असार मसान्तसम्म डिम्याट खाता नवीकरण नगरे ‘फ्रिज’

नेपालखबर
असार १४, २०७८ सोमबार १२:३८,

ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आफ्नो कार्यालय तथा ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमार्फत डिम्याट खाता खोलेका सबै हितग्राहीलाई असार मसान्तसम्म चालू आवसम्मको डिम्याट खाता नवीकरण गरिसक्न आग्रह गरेको छ।

क्यापिटलले सूचना प्रकाशित गर्दै उक्त अवधिमा डिम्याट खाता सञ्चालन गरेबापत वार्षिक शूल्क प्रत्येक आवको सय रुपैयाँको दरले तिरिसक्न भनेको हो।

नवीकरण शुल्क पायक पर्ने कम्पनीको शाखा कार्यालयबाट भुक्तानी गर्न सकिने जनाइएको छ। यसबाहेक आईएमई पे, इसेवा, कनेक्ट आईपीएस र ग्लोबल आईएमई बैंकको इबैंकिङ सेवाबाट पनि तिर्न सकिनेछ।

असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरे हितग्राहीको डिम्याट खाता सिस्टमबाटै रोक्का (फ्रिज) हुने कम्पनीले जनाएको छ।

कम्पनीको वेबसाइट ग्लोबलमिक्यापिटल डटकम स्ल्यास चेक–बीओआईडी मा गई आफूले बुझाउन बाँकी रहेको रकम हेर्न सकिनेछ।

त्यस्तै मेरो सेयर सेवा लिइरहेका हितग्राहीले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नवीकरण गरिसक्नुपर्ने र सो समयावधिभित्र नवीकरण नभएमा उक्त सेवा स्वतः बन्द हुने कम्पनीले जनाएको छ। वार्षिक शुल्क नवीकरणसँगै मेरो सेयर सेवाको शुल्क समेत नवीकरण गरिसक्न कम्पनीले भनेको छ।

साथै कम्पनीले अनलाइन डिम्याट एकाउन्ट खोल्न चाहनेलाई पनि उक्त सुविधा दिइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .