राजनीति


भारतको स्वार्थ पुरा गर्न कालीगण्डकी डाइभर्सन : केसी

भारतको स्वार्थ पुरा गर्न कालीगण्डकी डाइभर्सन : केसी

नेपालखबर
असार १४, २०७८ सोमबार १२:३५,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सुख्खाग्रस्त क्षेत्रमा पानी पुर्याउन कालीगण्डकी डाइभर्सनसको योजना ल्याएको आरोप लगाएका छन्।

रुपन्देहीमा सिंचाइ गर्न नदी डाइभर्सन गर्ने भनिए पनि त्यसको मुख्य उद्देश्य भारतको सुख्खाग्रस्त क्षेत्रमा पानी लैजाने रहेको केसीको भनाई छ।

अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी कालीगण्डकीको पानी तिनाउनमा खसाल्ने कालीगण्डकी तिनाउ डाइभर्सन योजना खारेजीको माग गरेका छन्। रुपन्देहीलाई देखाएर भारतीय भूमिलाई पानी उपलब्ध गराउने षड्यन्त्र लुकेको केसीको आरोप छ।

अध्यक्ष केसीले आयोजना प्रचारमुखी भएको भन्दै यो चुनावी रणनीति अन्तर्गत आएको र यसको कुनै औचित्य नरहेको स्पष्ट पारेका छन्।

केसीले भनेका छन्, ‘कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाका विषयमा जेजति तथ्य बाहिर आएका छन् त्यस उपर अध्ययन गर्दा प्रथम नजरमा यो भन्नाका लागि पर्याप्त आधार छ कि, सुख्खा याममा कालीगण्डकी नदीलाई डाइभर्सन गरेर रुपन्देही लगायतका जिल्लाको सिंचाइको आवश्यकता पूर्ति गर्ने उद्देश्य भएको बताइएता पनि सुख्खा याममा पानीको बहाव त्यसै पनि घटेको हुन्छ। त्यस्तो अवस्थामा त्यो पानीलाई स्थानान्तरण गरेर तिनाउमा पुनर्भरण गर्दा कालीगण्डकी नदीसँग जोडिएका स्याङ्जा, तनहुँ, नवलपुर तथा लुम्बिनी प्रदेशको पाल्पा जिल्लाका टारहरु मरुभूमिकरण हुने, पर्यावरणमा गम्भीर असर पुग्ने, कालीगण्डकीको पानी तिनाउँमा पुनर्भरण गरेर त्यसबाट रुपन्देहीमा सिंचाई सुविधा पुर्‍याउने भन्दा पनि भारतको सुख्खाग्रस्त क्षेत्रमा त्यो पानीलाई उपयोग गर्ने उद्देश्यले काम गरेको देखिन्छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘रुपन्देही, कपिलवस्तु, नवलपरासी जिल्ला स्थित कृषियोग्य भूमिलाई त्यहीका नदीहरु प्रयोग गरेर सिंचाई गर्ने वैकल्पिक अवस्था विद्यमान हुँदा हुँदै पनि सिंगो गण्डकी प्रदेशलाई हानी पुर्‍याएर लुम्बिनी प्रदेशको मुख्यतया रुपन्देहीलाई देखाएर भारतीय भूमिलाई पानी उपलब्ध गराउने षड्यन्त्र लुकेको देखिन्छ।’

यो आयोजनाले प्रदेश–प्रदेशका बीच द्वन्द उत्पन्न गराउने राजमोको ठहर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .