ad ad

कारोबार


विमानस्थल छेउको ल्यान्डफिल साइट हटाउँदै पोखरा महानगर

विमानस्थल छेउको ल्यान्डफिल साइट हटाउँदै पोखरा महानगर

नेपालखबर
असार १०, २०७८ बिहिबार ७:३७,

पोखरा विमानस्थल छेउमा रहेको ल्यान्डफिल साइट व्यवस्थापनको लागि महानगरपालिकाले ८ करोड बजेट विनियोजन गरेको छ।

निर्माणको अन्तिम अवस्थामा पुगेको विमानस्थल सञ्चालनको लागि आपतकालीन अवस्थामा अस्थाई ल्यान्डफिल व्यवस्थाप गर्न बजेट समेत व्यवस्था गरिएको छ।

पर्यटनको राजधानी भनेर चिनिने पोखरामा पर्यटन विभागका लागि पदमार्ग तथा होमस्टे लाई लक्षित गरेको छ।

महानगरपालिकाले फेवाताल वरिपरी गर्नको लागि १ करोड ५० लाख बजेट छुट्टाइएको छ। महानगर पलिकाले पर्यटन प्रवद्र्धन गर्नको लागि पर्यटन शाखा स्थापनागर्दै पर्यटन गुरुयोजना तर्जुमा गरिने उल्लेख छ।

पोखरा क्षेत्रका ७ ताल जोड्ने गरी खाका तयार भएको साइकल रुटको प्रवद्र्धनको लागि बजेट विनियोजन गरिएको छ। ठूलाकोटमा अस्टोनोमी पार्क निर्माणगर्न प्रदेश सरकारसंग साझेदारी गरिने उल्लेख गरिएको छ।

पोखराका सातै ताल जोड्ने गरी साइकल रुट तथा चारै वटा गाउँपालिका जोड्ने गरी वाह्य चक्रपथको प्रारम्भिक रेखांकन सम्पन्न भएको छ । वाह्य चक्रपथको सडक अधिकार क्षेत्र तोकी भविष्यको पुस्ताको लागि विकासको आधार शिला खडा गर्ने कार्य सम्पन्न हुँदैछ ।

पोखरा महानगरपालिकाको गहनाको रुपमा रहेको बेगनासताललाई पृथ्वी राजमार्गसँग जोड्ने तालचोक बेगनास सडक नेपालकै नमूना सडकको रुपमा निर्माण गर्ने भएको छ।

विश्व बैंकको आर्थिक सहयोगमा यो सडक निर्माणको लागि १ अर्ब ५३ करोड रुपैयाँको बहुवर्षीय बोलपत्र प्रकाशित भइसकेको जनाएको छ।

महानगर क्षेत्रका दुर्गम क्षेत्रलाई मुख्य बजारसँग जोड्न विकटलाई निकट नारा तय गरेको छ। महानगरपालिकाका सबै वडा भवन कार्यालय निर्माणको अभियान वर्षको रुपमा अगाडी बढाउने भएको छ।

चालू आर्थिक वर्षको भित्रै कास्कीकोट र हेम्जा स्वास्थ्य चौकी भवन निर्माण गर्ने दावी गरेकोएको छ।

हाम्रो पोखरा, उज्यालो पोखरा अभियानलाई सफल बनाउन नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा कोर सिटीमा सडक बत्तीको व्यवस्थापन गर्ने कार्यको थालनी गरिएको जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .