कारोबार


महालक्ष्मी विकास बैंकको ‘मिस्ड कल’ सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंकको ‘मिस्ड कल’ सेवा सञ्चालनमा

नेपालखबर
असार ९, २०७८ बुधबार १२:१,

महालक्ष्मी विकास बैंक लि. ले ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालनमा ल्याएको छ।

कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंकबीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले साे सेवा सञ्चालनमा ल्याएकाे बैंकले जनाएकाे छ। 

बैंकले सञ्चालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धि कुनै पनि जानकारी आवश्यक परेमा मोबाइल नम्बर ९८४७३८७५२४ मा ‘मिस्ड कल’ गर्न सक्नेछन् र बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी जानकारी उपलब्ध गराउने छन्।

यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग बिधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन्।

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad