कारोबार


नलसिङगाड जलविद्युत् परियोजना अघि बढाउन जापानी राजदूतसँग छलफल

नलसिङगाड जलविद्युत् परियोजना अघि बढाउन जापानी राजदूतसँग छलफल

नेपालखबर
भदौ ४, २०७६ बुधबार ११:८,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बुधबार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा र जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो।

भेटमा मन्त्री पुनले जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिङगाड जलविद्युत् परियोजना प्रादेशिक सन्तुलनका हिसाबले पनि महत्वपूर्ण रहेको भन्दै परियोजनालाई अघि बढाउने विषयमा छलफल गरे।  उनले जापान र नेपालबीच पुरानो र मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनादेखि नलगाडसम्म जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेको मन्त्री पुनको निजी सचिवालयले जनाएको छ। 

saigo pun 3

मन्त्री पुनले नेपालको जापान भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै नेपालमा अहिले लगानीको लागी उपयुक्त वातावरण बनेकोले लगानीको लागि जापानमा सन्देश प्रवाह गरिदिन राजदूत साइगोसँग आग्रह गरे।  भेटमा जापानी राजदूतले नलसिङगाड परियोजना जाइकाले पीपीपी मोडेलमा अध्ययन गरिरहेको जानकारी दिए। उनले मन्त्री पुनलाई जापान भ्रमणको निम्तो दिँदै सो क्रममा दुई देशको सम्बन्धका साथै ऊर्जा र जलस्रोतमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल गर्ने जानकारी दिए।

जापानी राजदूतले नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागि राम्रो वातावरण बनेको सुखद समाचार सुनेको भन्दै जापानमा समेत लगानीका लागि आफूले अपिल गर्ने बताए। राजदूत साइगाले भारत र बंगलादेशसँग सहमति भएको क्रस बोर्डर प्रसारण लाइनबारे समेत चासो व्यक्त गरेका थिए। जवाफमा मन्त्री पुनले भारतसँग क्रस बोर्डर ट्रेडकाे विषयमा राम्रो वातावरण वनेको र गत वर्ष मात्र ७ करोड र यो वर्ष २५ करोडको बिजुली भारतमा निर्यात भएको जानकारी दिए ।

saigo pun 2

उनले बंगलादेशसँग पनि डेडिकेटेट लाइन र भारत हुँदै बंगलादेशसंग पनि विद्युत व्यापार गर्ने विषयमा सहमति भएको भन्दै लगानीको लागी वातावरण बनाइदिन आग्रह गरे। नलसिङगाड परियोजना पीपीपी मोडलमा बनाउने गरी हाल जापानले अध्ययन गरिरहेको छ । उक्त परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्न ऊर्जामन्त्री पुन जापानी विकास नियोग जाइकाको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम छ। जापान भ्रमणकै क्रममा उनले आफ्ना समकक्षीसँग समेत उक्त परियोजनाका विषयमा छलफल गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .