बैंक तथा वित्तीय कम्पनीले आफ्नो आवश्यकताअनुसार शाखा खोल्न पाउने भएका छन्।
बैंक तथा वित्तीय कम्पनीहरुलाई निश्चित संख्यामा मात्रै शाखा खोल्नुपर्ने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले खारेज गरिदिएको हो।
आजसम्म वाणिज्य बैंकहरुले काठमाडौंमा ३, ललितपुरमा २ र भक्तपुरमा १ शाखा खोलेर सेवा दिँदै आएका थिए।
विकास बैंकहरुले ५ र फाइनान्सले ३ शाखा खोल्न पाएका थिए।
भोलि अर्थात् मंगलबारदेखि लागू हुने गरी बैंकहरुले आफ्नो आवश्यकताअनुसार बैंक शाखा खोल्न पाउने भएका हुन्।
भर्खरै राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘वैशाख १९ गते र जेठ १० गते जारी गरिएका सूचनाहरु सबै खारेज गरिएको छ।’
तर राष्ट्र बैंकले कोरोनाबाट बच्ने उपायहरुको पालना भने अनिवार्य अपनाउनुपर्ने जनाएको छ।
राष्ट्र बैंकले भनेको छ, ‘केन्द्रीय कार्यालय एक तिहाइ कर्मचारी मात्र राखेर खोल्ने, शाखाको हकमा सकेसम्म कम कर्मचारीबाट सञ्चालन गर्ने।’
राष्ट्र बैंकले सकेसम्म सबै शाखा नखोल्न भनेको छ। तर यति नै संख्या भनेर तोकिएको छैन। आवश्यकताअनुसार खोल्न पाइने उल्लेख गरेको छ।

प्रतिक्रिया