चौधरी ग्रुपले १ नं प्रदेशको राजधानी विराटनगरमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ। आइतबार एक कार्यक्रमको आयोजना गरी कार्यालयको उद्घाटन गरिएको हो।
कार्यालयको प्रदेश १ का सांसद शेखर चन्द्र थापाले उद्घाटन गरे।
सो अवसरमा अक्सिजन आपुर्तिमा कठिनाई हुने १ नं प्रदेशका ईलाम तथा भोजपुर जिल्ला अस्पतालहरुलाई २-२ थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटरसमेत सम्बन्धित अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो।
शभासद थापाले उद्घाटनको अवसरमा कोभिड–१९ को महामारीको संक्रमणबाट जोखिममा परेका बिरामीहरुको उपचारमा सरिक सरकारी तथा सामुदायिक अस्पतालहरुलाई चौधरी फाउण्डेशनले प्रदान गर्दै आएको स्वास्थ सामाग्रीले संक्रमणको सम्भावित जोखिममा रहेका बिरामीहरुको उपचारकार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यस्तै, चौधरी ग्रुपका प्रोभिन्सिएल एडमिनिष्ट्रेटर कटवालले लामो समयदेखि चौधरी ग्रुपको ‘चौधरी फाउन्डेसन’बाट अधिराज्यभर बिभिन्न बिपद, शिक्षा र स्वास्थ क्षेत्रमा पुर्याउँदै आएको सहयोगलाई यो प्रादेशिक कार्यालय मार्फत अत्यावश्यक समुदाय र व्यक्तिहरुका माझ आगामी दिनमा थप प्रभावकारी रुपमा सहयोग उपलब्ध गराइने जानकारी गराए।
कार्यक्रममा नबिल बैंक प्रादेशिक मेनेजर सुबोध लोहनी, सिजि फुड्स १ नं प्रदेश बजार प्रमुख पुन्य प्रसाद लुईंटेल, नायब प्रबन्धक राजकुमार श्रेष्ठ, ब्रान्ड प्रवद्र्धन प्रमुख रविन्द मास्के लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया