कारोबार


कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तार चालू आवमा नसकिने

कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तार चालू आवमा नसकिने

नेपालखबर
जेठ ३०, २०७८ आइतबार १०:२,

कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तारको काम यसै आर्थिक वर्षको अन्त्यसम्मका लागि सम्पन्न गर्ने लक्ष्य राखिए पनि सम्पन्न हुन नसक्ने भएको छ।

सरकारले कोटेश्वर–जडीबुटी सडकखण्डको जामलाई व्यवस्थित गर्नका लागि कोटेश्वर–जडीबुटी सडकखण्डको विस्तारको काम अघि बढाएको थियो।

यसै आर्थिक वर्षको असार मसान्तसम्म सक्नेगरी काम थाले पनि कोभिड–१९ को कारणले निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो।

टुन्डी सुसन जेभी निर्माण कम्पनीेले ७ करोड रुपैयाँमा २०७८ सालको असार सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो।

हालसम्म निर्माणको ६० प्रतिशत मात्रै काम सकिएको े सडक डिभिजन काठमाडौंका प्रमुख इ. कुवेर नेपालीले बताए। निषेधाज्ञाका कारण समयमै काम सम्पन्न गर्न अवरोध आएको उनले बताए।

मौसम राम्रो भएमा यसै आर्थिक वर्षभित्र कोटेश्वरबाट जडीबुटीतर्फ जाँदाको दाहिनेतर्फको विस्तारित ३ लेनबराबर कालोपत्रे गर्ने साथै हरियाली क्षेत्र र फुटपाथ बनाइसक्ने र देव्रेतर्फ एउटा नीजि घरको मुआब्जासम्बन्धी कानुनी समस्याका कारण अल्झिएका काम भने सम्पन्न गर्ने प्रमुख नेपालीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .