कारोबार


आन्तरिक उडान विस्तारै खुल्छ : मन्त्री अरगरिया

आन्तरिक उडान विस्तारै खुल्छ : मन्त्री अरगरिया

नेपालखबर
जेठ २६, २०७८ बुधबार १३:६,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले आन्तरिक उडान खोल्ने संकेत गरेका छन्।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री अरगरियाले विश्व स्वास्थ्य संगठनको नियमभित्र रहेर विस्तारै आन्तरिक उडान खोल्ने निर्णय गर्ने बताए।

लगेजको सुरक्षालाई पनि कडाइका साथ हेरिने मन्त्री अरगरियाले बताए। उनले विमानस्थलको सरफाइका लागि गाइडलाइन बनाएको भन्दै कर्मचारीको उपस्थिति र कामको निगरानी गर्ने पनि बताए। 

उनले त्रिभुवन विमानस्थलमा भएका कमी कमजोरीहरुलाई सुधार्दै जाने बताए।

त्रिभुवन विमानस्थलको अवस्था पहिलेको भन्दा सुधार भएको उल्लेख गर्दै केही कमि कमजोरीहरुलाई सुधार्दै अगाडि बढ्ने उनको भनाई छ।

उनले भने, ‘पहिले त जताततै फोहोर यताउता थियो। डेकोरेशनको कुरा त बेग्लै हो। तर पहिलेको अपेक्षामा धेरै सुधार छ। केही कमजोरी हामी सल्ट्याएर अघि बढ्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .